म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बुधबार बालगृहमा आयोजित एक कार्यक्रममा मोना दक्षिण कोरियाका म्याग्दी प्रतिनिधि मनिष गौचनले बाल संगठनका कोषाध्यक्ष हरिप्रसाद पौडेलमार्फत एक एक सेट ट्याकसुट वितरण गरेको हो ।

कार्यक्रममा प्रतिनिधि गौचनले बालगृहमा आश्रित ७ जना बालबालिकाहरुलाई जाडोयाममा सहज हुने गरी न्यानो कपडा उपलब्ध गराउँदै आगामी दिनमा पनि संस्थागत रुपमा सहयोगको प्रतिबद्धता मोना दक्षिण कोरियाका अध्यक्ष दिनेश कार्कीमार्फत गराउनुभएको थियो । ‘जाडो मौसममा बालबालिकालाई केही राहत मिल्ने छ, बालबालिकासँग हामी भविस्यमा पनि जोडिनेछौ’ अध्यक्ष कार्कीले भन्नुभयो ।

मोना दक्षिण कोरियाले संस्थागत गतिविधिमार्फत कर्मभूमी र जन्मभूमीमा विभिन्न कार्यक्रम गर्ने गरेको छ ।सहयोग हस्तान्तरणमा बालसंगठनका कोषाध्यक्ष पौडेलले भौतिक संरचना सहित विभिन्न योजना बनाइएकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो । बालगृहमा १३ जनाको क्षमता रहेकोमा अभिभावकबिहिन बालबालिकाहरु भएमा कानुनी प्रक्रिया पुरा गरी आश्रयको सुविधा रहेको छ।









