---Advertisement---

नयाँँ बर्षमा गूर्जा गाउँलाई सडक उपहार

On: December 31, 2025 11:00 PM
Follow Us:


हरिकृष्ण गौतम
म्याग्दी जिल्लाको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँको अवस्था, विवशता र बाध्यतालाई तोड्न अब नयाँ वर्ष नयाँ आशा बोकेर सडक सञ्जाल गाउँमै पुग्ने भएको छ । प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याइदिएको सदरमुकाम बेनीबाट करिब २६ कोस पश्चिमा अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गूर्जामा विक्रम संवत् २०८३ सालको बैशाख महिनामा विश्वभर छरिएर रहेका गूर्जाबासीले यातायातको पहुँचबाट निकै टाढा हिमालको फेदमा अवस्थित आफ्नो गाउँमा मोटर पुगेको देख्न पाउने छन् ।


नयाँ वर्षमा मोटरमा चढेर देशभरबाट गूर्जामा पुगे नयाँ काम सुरु गर्ने र खुसी र उमंग सञ्चार गर्ने पाउने गरी गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडक अव घिरेसो बिसाउना र तम्जाखानी खोला हुदै गूर्जासम्म बाँकी रहेको ट्रयाक (मार्ग) खुलाउन गाउँपालिकाको १ करोड ७५ लाख बिनियोजन गरेकोमा लुलु कन्ट्रक्सनले ८८ लाख ८५ हजारमा पारेको छ ।सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पु¥याउन करिब पाँच किलोमिटर सडकको ट्याक निर्माण गर्न बाँकी रहेको छ ।


ठेक्का पारेपछि सम्झौता अगाडी नै हिमपातका कारण सडक अवरुद्ध हुने जोखिम टार्न निर्माण ब्यवसायीले आवश्यक उपकरण सहित इन्धन लिएर निर्माणस्थलमा पुगेसँगै नयाँ बर्षमा गाउँमा सवारीसाधन प्रवेश गर्ने गुर्जाका स्थानीय यूवा गोर्खा छन्त्यालको भनाई छ । ‘नयाँ बर्षमा अब गाउँमै मोटर आउँछ, यसपटकको नयाँ बर्षले अहिलेसम्म्म गाउँलेले खोजेको खुसी, उत्साहले भरिने छ ।’ उनले गाउँमा सडक आएपछि स्वदेश तथा विदेशमा रहेका गूर्जाबासील खुसी साटासाट, भेटघाट गर्ने योजना रहेको बताए । उनले गाउँ सडक जोडिएपछि घरबास सहित विभिन्न योजना समेत बनाएको बताए ।

संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको प्राथमिकतामा रहेको सडक खण्ड अन्तरगत बाँकी ट्रयाक खोलृेपछि पक्की पुलका लागि समेत पहल गर्ने गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। ‘नयाँ बर्षभित्र सडक गाउँमै पु¥याएर गूर्जाबासीलाई उपहार दिने तयारीमा छौ, यो गाउँपालिकाको गौरवको योजना हो, सडक सञ्जालले गूर्जाको सम्भावनाहरू उजागर गर्नेछ’ अध्यक्ष पुनले भने ।

संघीय, प्रदेश र गाउँपालिकाबाट प्राथमिकताका साथ बजेट विनियोजन गरेपछि गूर्जामा सडक सञ्जालको सपना पूरा भएको अध्यक्ष पुनको भनाई छ । गाउँपालिकाको केन्द्र मुनाबाट एक दिनमा पुगिने गूर्जा अब सवारीसाधनमा ३ घण्टामै सहजै पुगिने वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । अहिले ट्याक खुलेपछि जीप,बोलेरो, ट्याक्टर र मोटरसाइकल र करिब डेढ घण्टाको पैदलयात्रापछि गूर्जा पुग्न सकिन्छ ।

दशकौँदेखि राज्यको सेवा सुविधा र पहुँचबाट टाढा रहेको गूर्जामा सडक सञ्जाल पुगेपछि ग्रामीण पर्यटनको प्रचुर सम्भावना, बहुमूल्य खानी, जडीबुटी र जैविक विविधताको सदुपयोग हुन्छ । जिल्लामा लुकेको बस्तीको परिचयले समेत चिनिने गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ । यहाँका बासिन्दा बिरामी हुँदा महँगोमा हेलिकप्टरमा यात्रा गर्नुपर्ने बाध्यता थियो । म्याग्दीको ६ वटा स्थानीय तहका ४५ वडामा सडक सञ्जाल नजोडिएको गूर्जा मात्रै थियो । अब सडक सञ्जाल जोडिएपछि एकैदिनमा सदरमुकाम बेनीबाट गुर्जा पुगेर सदरमुकाम फर्किन सकिन्छ ।

Leave a Comment