---Advertisement---

‘यूवाको काँधमा समाज बनाउने र सुरक्षाको जिम्मेबारी आएको छ’

On: December 31, 2025 10:54 PM
Follow Us:

गाउँमा परेका बेला काँध थाप्ने अनि अघि सरेर जन्मभूमि र जन्मदाताको सुरक्षाका लागि काम गर्ने पहिलो जिम्मेवारी भनेकै यूवा भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । गाउँमा रहेका यूवाहरुको अग्रसरतमा धेरै सामाजिक तथा मानवीय, विकास निर्माणका कार्यहरु भएपनि प्रयाप्त अवसरको अभावले युवा पुस्ता गाउँ छोडेर जानुपर्ने आफ्नै बाध्यत रहेको बताइएको थियो ।

जेनजी समुह घारले आयोजना गरेको अन्तरक्रिया तथा स्वागत कार्यक्रममा गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना गरेर भएपनि रोक्नुपर्ने बताउँर्दै सिंहदरबारको अधिकार गाउँमा आयो भन्ने महसुस गराउन अव यूवाहरुमार्फत भएको आन्दोलनबाट प्राप्त उपलब्धीहरुको समेत रक्षा गर्नुपर्ने बताइएको थियो ।

अन्तरक्रिया कार्यक्रममा रेखा मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष बद्री बरुवालले नेपालको परिवर्तनमा जेनजीको योगदानलाई समाज परिवर्तनमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

शैक्षिक परामर्शदाता समेत रहनुभएका बरुवालले जेनजीमार्फत समाजमा गलत काम नभई सकारात्मक तथा भावी पुस्तालाई समेत सघाउने गरी काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव राजराम बरुवाल,जेनजी समुह घारका अध्यक्ष रामकृष्ण बरुवाल लगायतले बोलेका थिए ।

सोही अवसरमा ट्र«ष्टका संस्थापक अध्यक्ष बरुवालले स्थानीय यूवा क्लव तथा शैक्षिक संस्थासँग सहकार्य गरी अगाडी बढ्ने बताउनुभयो । भ्रष्टाचार, असमानता, जलवायु परिवर्तनजस्ता विषयहरू लिएर आवाज उठाउँदै भएको जेन–जी आन्दोलन यूवाले अवसरका रुपमा लिनुपर्ने अधिकांस यूवाहरुको भनाई थियो । जेनजी आन्दोलनमार्फत राष्ट्रियता निर्माण तथा समाजलाई सकारात्मक कार्यमा केन्द्रित गर्न हरेक गाउँमा सिर्जनशिल कार्य गर्नुपर्ने बताइएको थियो ।

Leave a Comment