म्याग्दी बहुमुखी क्याम्पसको ३५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित विद्यालय तथा क्याम्पसस्तरीय ६ किलोमिटर दौड (रोड रेस) प्रतियोगिताको उपाधि सविना विक र सक्षम बोहोराले जित्नुभएको छ ।
म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मावि र म्याग्दी बहुमुखी क्याम्पस गरी छात्रातर्फ ४ र छात्र तर्फ १२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रातर्फ बेनी सामुदायिक माविकी बिक र छात्रमा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका बोहोराले उपाधि हात पारेको दौड प्रतियोगिताका संयोजक उपप्रध्यापक विष्णुप्रसाद आचार्यले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

प्रतियोगितमा छात्रातर्फ द्धितिय र तृतिय म्याग्दी बहुमुखी क्याम्पसका गंगा सुनार,सृजना बुढोथाकी तथा छात्रतर्फ क्रमश द्धितिय, तृतिय प्रकाश माविका विपिन कार्की, म्याग्दी बहुमुखी क्याम्पसका इश्वर न्यौपाने रहेका छन्। प्रतियोगिताका छात्रछात्राका बिजेतालाई क्रमश ५ हजार, ४ हजार ३ हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
प्रतियोगितामा सहभागि भएका विद्यार्थीले क्याम्पसचोदेखि गलेश्वर बजारको प्रवेशद्धार हुदै क्याम्पसचोकसम्मको रुट तय गरिएको थियो । प्रतियोगिताका बिजेताद्धय विक र बोहोरा विद्यालयस्तरीय पालिका तथा जिल्लास्तरीय राष्ट्र«पति प्रतियोगितामा समेत एथलेटिक्सतर्फ सर्वाधिक पदक विजेतामध्येमा पर्छन् । म्याग्दी बहुमुखी क्याम्पसले हरेक बर्ष बार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।
हरिकृष्ण गौतम










