---Advertisement---

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई न्यानो कपडा

On: January 2, 2026 10:11 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनका सभापति संगम चोखाल क्षेत्रीले नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा आश्रीत ७ जना बालबालिकालाई न्यानो कपडा र खानेकुरा सहयोग गर्नुभएको छ ।


हरेक बर्ष जन्मदिनको अवसरमा फजुर खर्च नगरी सामाजिक एवम् मानवीय सेवामा सहयोग चोखालले प्रतिबद्धता जनाउनुभयो । ‘जन्मदिन बालगृहमा मनाउन पाउँदा खुसी लागेको छ, विद्यार्थीसँग रचनात्मक कार्यहरुमा सहभागि हुन पाउँदा रमाइलो लाग्छ’ चोखालले भन्नुभयो । बालबालिकाहरुलाई जाडोयाममा केही राहत हुने चोखालको भनाई छ ।

Leave a Comment