म्याग्दी पुस्ततकालयको संस्थागत विकासका लागि मोना यूकेका निर्वतमान अध्यक्ष कुमार फगामीले १ लाख सहयोग गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला बाँदुकका फगामीले उक्त सहयोगबाट एक थान मोवाइल र बाँकी नगद सहयोग गर्नुभएको हो । पुस्तकालयकासचिव नवराज पौडेलले सहयोगदाता फगामीलाई आजिवन सदस्यता प्रदान गरेको बताउँदै आगामी दिनमा पनि रचनात्मक कार्यमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
पुस्तकालयमा आउने पाठकको चाहना अनुसार डिजिटल प्रविधिको प्रयोग गरी अध्ययनमा सहज बनाउने उदेश्यले प्रविधियुक्त म्याग्दी पुस्तकालयको अभियानमा पहिलो सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पुस्तकालयलमा ब्यवस्थित सभाहल, संगीत कक्षको स्थापनाको योजना रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । संस्थागत तथा ब्यक्तिगत सहयोगमार्फत पुस्तकालयको प्रयोगसँगै समुदायस्तरमा समेत विभिन्न कार्यक्रम गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकूदका सामग्री सहित विभिन्न विधाका २० हजार बढीको हाराहारीमा पुस्तकहरु छन्। पुस्तकालयमा नियमित पुस्तक थपसँगै शनिबार र सार्वजनिक विदाको समयमा समेत खुल्ने गरेको छ ।











