---Advertisement---

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा टिका राना

On: January 3, 2026 7:38 AM
Follow Us:

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । ‘उद्यमी बनौं, स्वरोजगारको सिर्जना गरौं’ भन्ने मूल नारासहित शुक्रवार सदरमुकाम बेनीमा आयोजित संघको साधारण सभा तथा अधिवेशनबाट टिका रानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा गंगा थापा कार्की, उपाध्यक्षमा अस्मी महत, सचिवमा प्रिया शर्मा, कोषाध्यक्षमा शिला कार्की, सहसचिवमा विन्दु विक (अन्जली) र सहकोषाध्यक्षमा सम्झना विक चयन हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा हेमा छन्त्याल, सुनिता केसी, नवीना कार्की र गीता थापा सुब्बा चयन हुनुभएको निवर्तमान अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटनसत्रमा संघका अध्यक्ष कार्कीले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटनसत्रको कार्यक्रममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका संस्थापक अध्यक्ष संगीता श्रेष्ठ र पूर्व अध्यक्ष प्रमिला जोशी श्रेष्ठले मन्तव्य व्यक्त गर्दै सौन्दर्यकर्मी व्यवसायीहरुले आ–आफ्नो पेशा तथा व्यवसायलाई दीगो र व्यावसायिक रुपमा अगाडि बढाएर नयाँ उद्यमीहरु उत्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँहरुले पछिल्लो समय सौन्दर्यकलामा आकर्षण बढेकाले यसलाई थप परिष्कृत बनाउनुपर्नेमा जोड दिनुभयो । संघका निवर्तमान अध्यक्ष गंगा थापा कार्कीले आफ्नो कार्यकालमा सौन्दर्यकर्मीहरुको ज्ञान, सिप र नयाँ उद्यमीहरु उत्पादनमा जोड दिएकाले आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम निवर्तमान अध्यक्ष कार्कीको अध्यक्षता, सहकोषाध्यक्ष टिका रानाको स्वागत र सदस्य प्रिया शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभाको अवसरमा अध्यक्ष कार्कीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पु¥याएको भन्दै मायाको चिनोसहित पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गर्नुभएको थियो । सोही अवसरमा संघका प्रमुख सल्लाहकार तथा सौन्दर्यकर्मी सरस्वती जिसीले निवर्तमान अध्यक्ष कार्कीलाई सम्मान गर्नुभएको थियो ।

पछिल्लो समय सौन्दर्यकला व्यवसायमा आकर्षण बढ्नुका साथै अधिकांशको रोजाइको पेशा समेत बन्दै जान थालेको छ । वैदेशिक रोजगारीमा जानेहरुले पनि यहाँ सौन्दर्यकला सम्बन्धी विषयमा तालिममार्फत सिप सिकेर विदेश जाने गर्दछन् । म्याग्दीको सदरमुकाम बेनीबजारसहित तातोपानी, बाबियाचौर, दरबाङ, गलेश्वर पोखरेबगर, दानालगायत क्षेत्रमा सौन्दर्यकला व्यवसाय सञ्चालन हुँदै गएको छ ।

Leave a Comment