---Advertisement---

पब्लिक भिजन केवल नेटवर्कको अध्यक्षमा धुब्रराज कार्की

On: January 3, 2026 10:32 PM
Follow Us:

म्याग्दी सदरमुकाम बेनीमा रहेको पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको अध्यक्षमा धुब्रराज कार्की चयन हुनुभएको छ ।शनिबार सदरमुकाम बेनीमा सम्पन्न १७ औँ बार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट समितिको उपाध्यक्षमा एकेन्द्र रावल,सचिव अर्जुन पौडेल, कोषाध्यक्षमा भेषबहादुर बानियाँ, सहसचिव सावित्री शाह चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा गोपाल भट्टचन,ठाकुरप्रसाद आचार्य, दिपाकुमारी खत्री, लक्ष्मी थापा, दिननाथ रेग्मी, विनोद कुमार श्रेष्ठ, हिरा बहादुर जिसी, हरिकृष्ण गौतम चयन हुनुभएको प्रवन्धक नवराज पौडेलले जानकारी दिनुभयो । साधारणसभाबाट मुकुन्द प्रसाद पौडेल,सदस्यहरुमा आनन्द पौडेल,सोमाकान्त सुबेदी रहनुभएको छ ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष टंक हमालले पब्लिक भिजनले इन्टरनेट सहित केबल सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । निर्वतमान अध्यक्ष लक्ष्मण शर्माले प्रस्तुत गर्नुभएको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष एकेन्द्र रावलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई पारित गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले संस्थाको सेवालाई समुदायस्तरमा लैजाने गरी थप योजना बनाउने बताउनुभयो । सेयर सदस्यलाई संस्थाबाट प्रदान हुने सेवा अनिवार्य र समुदायमा गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताउनुभयो । साधारण सभामा निबर्तमान अध्यक्ष शर्माको अध्यक्षता, धुब्रराज कार्कीको स्वागत र सचिव पौडेलको संचालनमा सम्पन्न भएको थियो । कुल पुँजी १ करोड २५ लाख रहेको पब्लिक भिजन केबलले ४ सय ३२ केबल, ७ सय ९ जनालाई इन्टरनेट सेवा वितरण गरेको छ ।

Leave a Comment