दक्षिण कोरियाको खाङ्स विश्वविद्यालय र क्याल्भिन विश्वविद्यालयका प्रा.डा. बोजिन्द्र तुलाचनले विद्यार्थी सफल हुनका लागि आफ्नो क्षमतालाई सबैभन्दा पहिला सम्मान गर्नुपर्ने बताउनुभएको छ । सोमबार सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको क्षमता विकास तथा उत्प्रेरणा सम्बन्धित कक्षामा प्रा.डा तुलाचनले हरेक विद्यार्थीले जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि क्षमता अनुसारको लक्ष्य निर्धारण गर्नुपर्ने बताउनुभयो ।

डा.तुलाचनले आफ्नो लक्ष्य पूरा गर्न सबैभन्दा पहिले आफ्नो क्षमताको स्वयंम मुल्याङ्कन गर्नुपर्ने बताउँदै प्रेरणा र उत्प्रेरणाको पहिलो स्रोत अभिभावक, शिक्षक भएको बताउनुभयो । विद्यार्थीले सधै एकले अर्कोलाई साथ, सहयोग र प्रेरणा दिनुपर्नेमा डा. तुलाचनको जोड थियो । ‘कुनैपनि विधामा उत्कृष्ट हुनसक्नु नै सफलता हो,विद्यार्थीहरुले साथीहरूको लहलहैमा लागेर केही नबुझी निर्णय लिनुहुन्न’डा.तुलाचनले भन्नुभयो ।

‘हल्लाको पछाडि कहिल्यै नलाग्नुहोला, पढ्दै काम गदैं गर्दा पनि झनै अनुभव हासिल गर्न सकिन्छ’ डा.तुलाचनले भन्नुभयो । म्याग्दीमा फरक पहिचान बनाएको बेनी सामुदायिक विद्यालयले पाठ्यक्रम अनुसार नियमित इन्टर्नसिपको वातावरण बनाउन सकेमासंसारको कुनै पनि ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।

विश्वबजारमा पुगेका नेपाली विद्यार्थीमा देखिएको समस्या समाधानमा पाठ्यक्रममा समयानुकूल परिमार्जनको आवश्यकता समेत रहेको अवस्थामा विद्यालयस्तरमा अन्तराष्ट्रि«य शिक्षाको समेत सिको गर्न सकिने बताउनुभयो । विद्यालयका विद्यार्थीले शैक्षिक सहित अन्य गतिविधिमा कसरी ध्यान दिने, शिक्षाका लागि आवश्यक टिप्स सहित विभिन्न विषयमा जानकारी गराउनुभएका डा. तुलाचनले अब हरेक विदामा आउँदा विद्यार्थीलाई आफ्नो अनुभव सुनाउने बताउनुभयो ।

कार्यक्रममा बेनी सामुदायिक माविका प्रधानाध्यापक भिमबहादुर घर्तीमगरले विद्यार्थीलाई अन्तराष्ट्रि«यस्तरमा हुने पठनपाठनका बारेमा जानकारी निकै प्रभावकारी भएको बताउनुभयो । प्रअ घर्तीमगरले विद्यालयमा गेस्टहरुको अनुभवसँगै इन्टर्नसिप, प्राक्टिकल क्लास सहित अन्य गतिविधिलाई योजना बनाएर जाने बताउनुभयो ।









