---Advertisement---

निवृत्तभरण र सञ्चय कोषसम्बन्धी अभिमुखीकरण

On: January 5, 2026 9:40 PM
Follow Us:

जिल्ला प्रशासनकार्यालय म्याग्दीको समन्वय तथा सहयोग र म्याग्दी बहुमुखी क्याम्पसको संयोजनमा कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले म्याग्दी जिल्लामा पहिलो पटक निवृत्तभरण र सञ्चय कोष सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बेनीबजार स्थित म्याग्दी बहुमुखी क्याम्पस, बेनीको सभाहलमा आयोजित उक्त कार्यक्रममा म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य प्रमुख अतिथि, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु विशिष्ट अतिथि रहनुभएको उक्त कायक्रमको अध्यक्षता कर्मचारी सञ्चयकोष, शाखा कार्यालय, पोखराका कार्यालय प्रमुख मदन सुवेदीले गर्नुभएको थियो ।


कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालका कार्यालय प्रमुख, क्याम्पसका प्राध्यापक तथा कर्मचारी र विभिन्न सरकारी विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदीले स्वागत तथा प्रमुख अतिथि तथा विशेष अतिथिहरुले कर्मचारी सञ्चय कोषलाई दूरदराजमा रहेकाआम सञ्चयकर्ताका अपेक्षा तथा सुझावसहितको शुभकामना मन्तव्यर कर्मचारी सञ्चयकोष, शाखा कार्यालय, पोखराका उपप्रबन्धक पारसमणी भण्डारीको सञ्चालनमा सम्पन्न्भएको थियो ।


कार्यक्रममा कर्मचारी सञ्चयकोष, शाखा कार्यालय, पोखराका उपप्रबन्धक पारसमणी भण्डारीले विषयगत प्रस्तुतीकरण अन्तरगत सञ्चय कोष व्यवस्थापन, सामाजिक सुरक्षा सुविधा वितरण, कर्जा तथा सापटी, फाँटवारी, बेचालु तथा खाता एकीकरण र योगदानमा आधारित निवृत्त भरण योजनाका वारेमा सहभागीहरुलाई प्रस्ट पार्नुभएको थियो ।


विषयगत प्रस्तुति पश्चात सहभागी सञ्चयकर्ताबाट उठेको सवाल तथा जिज्ञासाहरुमा शाखा कार्यालय प्रमुख मदन सुवेदी, उपप्रबन्धक पारसमणि भण्डारी र सहायक प्रबन्धकसुबास पौडेलले थप प्रस्ट पार्नु भएको थियो ।

शाखाकार्यालय पोखराले गत आ.व.मा सदरमुकामस्थित बेनीबजारमा धितोमा आधारित कर्जाको क्षेत्र विस्तार गरी यस आ.व.मा बेनीनगरपालिका अन्तर्गतका दरबांङ, बाबियाचौर लगायतका थप क्षेत्रहरुमा समेत विस्तार गर्ने र निकट भविष्यमा म्याग्दी, मुस्तांङ, पर्वत र बाग्लुंगका सञ्चयकर्तालाई सहजरुपले सेवासुविधाप्रदानगर्न कोषको सेवाकेन्द्र खोल्ने योजना रहेको छ ।


साथै आयोजकले सोही कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि लगायतका अन्य सहभागीहरुले दिनुभएको महत्वपूर्ण सुझावसमेतको प्रतिवेदनकार्यान्वयनगर्न सिफासिसहितकोषको केन्द्रीयकार्यालयमा पठाउने जानकारी दिनुभएको थियो ।

Leave a Comment