---Advertisement---

म्याग्दीमा शान्ति तथा सामाजिक सद्भाव समिति गठन

On: January 8, 2026 9:45 PM
Follow Us:

म्याग्दीमा धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवद्र्धन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको सर्कुलर अनुसार गठिन जिल्लास्तरीस समितिको सदस्यमाजिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सदस्य, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि सदस्य, म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष सदस्य,नेपाल पत्रकार महासंघ म्याग्दी अध्यक्ष सदस्य, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष सदस्य, जिल्ला समन्वय समितिका प्रमुखले तोकेको प्रतिनिधि र सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवा सदस्य रहेको समिति गठन भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।


केहीदिन अगाडी तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने गरी भएका घटनापछि देशभर समिति गठन गरी सद्भाव का लागि सार्वजनिक आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो ।


यसैबीच जिल्लाका सबै ६ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरिने छ भने प्रजिअको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सदस्य रहने जोखिम क्यालेन्डर ब्यवस्थापन समिति समेत गठन गरिने छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा समितिमार्फत जिल्लाभित्र विभिन्न कार्यक्रमहरु गर्ने गरी थप योजनाबद्ध तरिकाले अगाडी बढ्ने निर्णय भएको छ ।

Leave a Comment