---Advertisement---

म्याग्दीमा ८ सय ६१ जना निर्वाचन प्रहरी भर्ना गरिने,भर्ना हुनेले के–के पाउँछन् सुविधा ? 

On: January 9, 2026 9:27 AM
Follow Us:

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि म्याग्दी जिल्लामा साढे ८ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले जारी गरेको सूचनामा जिल्लामा ८ सय ६१ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । समितिले बिहीबार प्रकाशन गरेको सूचनामा पुस आज २५ गतेदेखि माघ १ गते सम्म आवेदन दिन पाइनेछ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रजिअ कुलप्रसाद आचार्यले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल गलेश्वरबाट भर्नाको फारम लिन सकिन्छ ।


४० दिन खटिने गरी ३४ हजार ७७६ रुपैयाँ तलबसुविधा पाउने गरी भर्ना खुलेको छ । त्यस्तै यातायात तथा खानाखाना, दुर्घटना विमाका साथै भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइने सहायक प्रजिअ आचार्यको भनाई छ ।

निर्वाचन प्रहरीका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारिरीक र मानसकि रूपमा स्वस्थ लगायतका तोकिएको योग्यता प्रहरी र सशस्त्रका जवानको भर्नामा निर्धारण गरिएका प्रावधान रहेको छ ।


निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये बिगतमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्रअनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने दिइएपनि तोकिएको मापदण्ड भएका सबैले आवेदन दिन पाउने छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल सिफारिस गरिएकोमा ८६ हजार ३ सय ९७ जना मतदाता रहेका छन् ।

Leave a Comment