---Advertisement---

मेसीले आगामी विश्वकप खेल्ने अपेक्षा

On: January 9, 2026 11:15 AM
Follow Us:

सन्यास नजिक देखिएका अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेसीको आगामी २०२६ फिफा विश्वकप अर्जेन्टिनाका लागि उनको अन्तिम प्रतियोगिता हुने अपेक्षा गरिएको छ।

यसपल्ट अर्जेन्टिना विश्वकपको उपाधि र रक्षा गर्ने लक्ष्यमा छ तर यस आगामी विश्वकपमा अर्जेन्टिनाका ३८ वर्षीय कप्तान मेसीले खेल्ने या नखेल्ने अहिलेसम्म टुंगो लाग्न सकेको छैन। अहिलेसम्म यस प्रतियोगितामा भाग लिने बारेमा पुष्टि गरेका छैनन्।

मेसीले २०२५ को सिजन इन्टर मियामीको लागि अतुलनीय प्रदर्शन गरेका थिए। उनले एमएलएस गोल्डन बुट (२८ खेलमा २९ गोल र १९ असिस्ट) जितेका थिए। उनले तीन वर्षे अनुबन्ध विस्तार पनि गरेका थिए, जसले गर्दा उनी २०२८ सम्म क्लबमा रहनेछन्। त्यस बेला उनी ४१ वर्षका हुनेछन्।

उनले मियामीलाई २०२५ एमएलएस कप उपाधि जिताउन पनि मद्दत गरेका थिए, जुन टिमको पहिलो लिग उपाधि हो। फाइनलमा उनले दुई सहायता गरेका थिए र एमएलएस कप एमभिपी घोषित भएका थिए। यससँगै उनी लिगको इतिहासमा लगातार दुई वर्ष यो पुरस्कार जित्ने पहिलो खेलाडी बने।

हालसालै, लुजु टिभीसँगको अन्तर्वार्तामा उनले संन्यास योजनाको बारेमा खुलाए र उनी प्रशिक्षक बन्ने छैनन् भनेर पुष्टि गरे। ‘म आफूलाई प्रशिक्षकको रूपमा देख्दिनँ,’ उनले भने।

उनले थपे, ‘म प्रबन्धक बन्ने विचारलाई मन पराउँछु, तर म मालिक बन्न रुचाउँछु। म आफ्नै क्लब स्थापना गरेर तलबाट सुरु गरेर विकास गर्न चाहन्छु। युवाहरूलाई विकास गर्ने र केही महत्त्वपूर्ण यपलब्धि हासिल गर्ने अवसर दिन सक्ने बन्न चाहन्छु। यदि मैले छनोट गर्नुपर्‍यो भने, त्यो नै मलाई सबैभन्दा आकर्षक लाग्छ।’

Leave a Comment