---Advertisement---

बाँसबाट आर्कषक साम्रागी बनाउने तालिम

On: January 9, 2026 12:21 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–७,महरानीथानस्थित दोभान कृषि सहकारी संस्थाले बजारमा घरायसी प्रयोग तथा सजावटका लागि बाँसबाट निर्मित सामग्रीको माग रहेकाले स्थानीयको चाहना अनुसार तालिम सञ्चालन गरेको छ ।

सजावटका सामग्री बनाएर आयआर्जन गर्न सकिने र गाउँघरमा खेर गएको बाँसको सदुपयोगका लागि ४५ दिने सिपमुलक तालिम सञ्चालन गरिएको थियो । तालिममा धनकुटाका गोपाल तामाङले प्रशिक्षण दिएका थिए ।


तालिममा बाँसबाट सोफासेट, टि टेवल, स्ट्रे, फुलदानी, प्रमाणपत्र राख्ने फ्रेम,कलम र ब्रसदानी लगायत घरायसी प्रयोग हुने र विदेशमा समेत बिक्री गर्न सकिने विभिन्न आर्कषक साम्रागी तयार गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर सुरत केसीले सीप अनुसारको उत्पादन र बजारीकरणमा समेत नगरपालिकाले सघाउने बताउनुभयो ।

हालसम्म नगरभित्र सिपमुलक तालिमबाट उपलब्धी र विस्तारै सुस्ताएको उदाहरण दिदैं नगर प्रमुख केसीले उत्पादनको बजारीकारणले नै उत्पादनका लागि थप प्रोत्साहन भएको बताउनुभयो ।


म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले माघे संक्रान्ती मेलाका साथै विभिन्न कार्यक्रमहरुमा समेत उद्यमीले उत्पादन गरेका साम्रागीको बजारीकरण गरिने बताउनुभयो । तालिमको समापन कार्यक्रममा बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतको उपस्थिती रहेको थियो ।


तालिमका सहभागिले उत्पादन गरेपनि बजारमा समस्या हुँदा नियमित गर्न नसकिने जोखिमलाई हटाउनुपर्नेमा जोड दिएका थिए । तालिममार्फत उत्पादन भएका साम्रागीको बजारीकरण तथा उत्पादनका लागि महिलालाई प्रोत्साहन गरिने दोभान कृषि सहकारी संस्थाकी अध्यक्ष अमृतादेवी बानियाँले बताउनुभयो । सहकारीले दुनाटपरी सहित विभिन्न कार्यक्रमहरु समेत गर्ने गरेको छ ।

Leave a Comment