---Advertisement---

म्याग्दीका ८ मतदान स्थल अति सम्वेदनशील

On: January 9, 2026 6:41 PM
Follow Us:

आगामी फागुन२१ गते हुने आम निर्वाचनका लागि जिल्लाम ८ मतदान स्थललाई अति सम्वेदनशील र २९ स्थानलाई सम्वेदनशीलमा वर्गीकरण गरिएको छ । 

जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यकाअनुसार जिल्ला भित्रका कुल ८२ स्थानका एक सय २० मतदान केन्द्र रहेको र त्यसमध्ये ८ मतदान स्थललाई अति सम्वेदनशील, २९ स्थानलाई सम्वेदनशील र अन्य मतदान स्थललाई सामान्य मतदान स्थलका रुपमा वर्गीकरण गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार आम निर्वाचन २०७९ मा ४२ हजार ५५ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य गरी ८६ हजार एक सय २० जना मतदाता मतदानका लागि योग्य थिए ।

बसाइ सराइ गरेर गएका, नाम दोहोरीएका र मृत्यु भएर हटेकाहरु हटाए पछि २०८२ कार्तिक १६ गते सम्म १८ वर्ष पुरा भएका पुरुष ४१ हजार एक सय ७४ र महिला ४३ हजार तीन सय ४५ र अन्य एक जना गरी कुल ८४ हजार पाँच सय २० जना रहेका थिए । 

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका सुचना अधिकारी गोविन्दबहादुर थापाका अनुसार निर्वाचन प्रयोजनका लागि नामावली संकलन पछि २०८२ फागुन २१ गते सम्म ४२ हजार तीन सय ३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कुल ८६ हजार तीन सय ९७ जना मतदाता कायम हुनेछन् ।

फागुन २० गतेसम्म १८ वर्ष पुरा भएकाले मतदान गर्न पाउने भएकाले अब यही संख्याले नै मतदान गर्ने सुचना अधिकारी थापाले बताउनुभयो ।

Leave a Comment