---Advertisement---

विशेष महाधिवेशनमा म्याग्दीबाट सहभागि हुने सचिव रकालको अनुरोध

On: January 9, 2026 8:46 PM
Follow Us:

नेपाली कांग्रेसमा विशेष महाधिवेशनमा म्याग्दीबाट सक्रिय सहभागिताका लागि सचिव भरत रकालले अनुरोध गरेका छन् । शुक्रबार विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध सहितको विज्ञप्ती निकाल्दै रकालले म्याग्दीबाट सहभागि हुनेलाई धन्यवाद समेत दिएका छन् ।, म्याग्दी जिल्लाबाट १७ जनाले यसअगाडी नै हस्ताक्षर गरी सहभागिता जनाएकोमा हाल सबै सहभागिताका लागि काठमाण्डौ गइरहेको महाधिवेशन प्रतिनिधि बिक्रम बोगटीको भनाई छ ।


जिल्लाबाट विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बाहेक अन्य सहभागिहरु समेत जाने तयारी भइरहेको छ । बहुमत पु¥याउन नदिन संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई दबाब सिर्जना गरेपनि देशभरबाट उत्साहजनक सहभागिता रहेको महाधिवेशन प्रतिनिधि बोगटीको भनाई छ ।


कतिपय जिल्लामा करिब सतप्रतिशत महाधिवेशन प्रतिनिधि नै आउन थालेपछि अहिले माहोल बढ्दै गएको अर्का महाधिवेशन प्रतिनिधि धनबहादुर छन्त्यालले बताउनुभयो । जिल्ला, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिमा रहेका म्याग्देली समेत खुल्न थालेका छन् ।गण्डकी प्रदेशका जिल्लामा हस्ताक्षर गर्नेहरुमा प्रतिशतका आधारमा सर्वाधिक गोरखा छ भने कम मुस्ताङबाट हस्ताक्षर भएको छ ।

Leave a Comment