नेपाल शिक्षक महासंघ, रघुगंगा गाउँपालिका अन्तर्गत रहेका शिक्षक तथा कर्मचारीले स्थानीय भत्ता पाउनुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाल शिक्षक महासंघ रघुगंगा कार्यसमितिको नेतृत्वमा आर्थिक बर्ष बि.स २०८२÷८३ को कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भए बमोजिमको भत्ता उपलब्ध गराउन गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक महासंघ, रघुगंगा गाउँ कार्यसमितिका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन लगायतका पेशागत संगठनका अध्यक्ष सहितका प्रतिनिधिको समेत उपस्थित रहेको थियो । म्याग्दीमा कुनैपनि स्थानीय तहले हालसम्म स्थानीय भत्ता उपलब्ध गराएका छैनन् ।









