म्याग्दीको अन्नपुर्ण गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश नमुना माविले विविध कार्यक्रम सहित आफ्नो ५० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । विद्यालयले शुक्रबार आयोजित वार्षिकोत्सवको वडा अध्यक्ष रमेश पूर्जाले उद्घाटन गदैं शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विद्यालयको नतिजाबाट उत्साहित रहेको बताउनुभयो ।

बार्षिकोत्सवको अवसरमा दुर्गा प्रसाद स्मृतिकोषबाट पुरस्कार प्राप्त गर्ने शिक्षक बिद्यार्थी र अभिभावकलाई सम्मान तथा पुरस्कार वितरण,स्व शंख बहादुर गर्बुजा स्मृति छात्रबृत्तिकोषबाट छात्रबृत्ति कोष,सृजना महिला सहकारी र स्व चन्द्रकुमारी स्मृतिकोषबाट सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयमा रहेका विभिन्न पुरस्कारबाट विभिन्न विधामा उत्कृष्टलाई सम्मान गरिएको प्रधानाध्यापक शान्त नेपालीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष बेलबहादुर पुर्जाको अध्यक्षतमा सम्पन्न भएको अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको थियो । ग्रामिण भेग ,दरबन्दी अभाव र सिमित श्रोत साधनका बावजुत पनि नमुना विद्यालयले आफ्नो बार्षिक लक्ष्य अनुसारका कार्यहरु गर्ने गरेको अध्यक्ष पूर्जाको भनाई छ ।








