राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले वडास्तरमा संगठन विस्तारलाई तिब्रता दिएको छ । शनिबार बेनी नगरपालिका–९,घतानको नेप्टेचौरमा आयोजित वडा अधिवेशनबाट गोपाल प्रसाद सुवेदीको सभापतित्वमा कार्यसमिति चयन भएको छ । ‘समितिको उपसभापतिमा किसान राई,सचिव हरि प्रसाद सुवेदी,उपसचिव सपना दर्जी रहनुभएको छ । समितिको सदस्यहरुमा सबिता थापा, टेक बहादुर चोखाल, रामु परियार, राम बहादुर कार्की, कोपिला सुनाम, डम्मर बहादुर बीके., धुर्व सुवेदी रहनुभएको पार्टीको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो ।
अधिवेशनबाट वडास्तरीय संगठन विभागको संयोजकमा श्री बहादुर खत्री, उपसंयोजक वीर बहादुर सार्की रहनुभएको छ । सोही अवसरमा वडास्तरमा हुने विभिन्न कार्यका लागि दु्रत कार्य टोलीको संयोजकमा बिकल्प राई, उपसंयोजक महेन्द्र सुवेदीलाई चयन गरिएको छ । रास्वपा म्याग्दीले जिल्लाका सबै स्थानीय तहका ४५ वडामा संगठन विस्तारका साथै आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको समेत छनोेटको तयारीमा रहेको जिल्ला संयोजक रोकाले बताउनुभयो ।









