---Advertisement---

एमालेको जिल्ला, पालिका पछि वडा कमिटीको बिस्तारीत बैठक

On: January 10, 2026 9:42 PM
Follow Us:

आम चुनावलालाई लक्षित गर्दै जिल्ला तथा पालिका कमिटीको बिस्तारीत बैठक सकेको नेकपा एमाले म्याग्दीले वडा कमिटीको बिस्तारीत बैठक सुरु गरेको छ । नेकपा एमाले म्याग्दीका डिलकुमारी खत्रीका अनुसार मंगला गाउँपालिका १ कुहुँ र वडा नम्बर ३ बरंजामा बिस्तारीत बैठक शनिबार सम्पन्न भएको छ । वडा कमिटीको बिस्तारीत बैठकले निर्वाचन परिचालन कमिटी, आर्थिक व्यवस्थापन कमिटी, युवा परिचालन कमिटी र सचिवालय व्यवस्थापन कमिटी बनाएको छ ।


त्यसैगरी नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीका अनुसार मालिका गाउँपालिका ७ बिम र २ रुममा पनि वडा कमिटीको बिस्तारीत बैठक भएको छ । फागुन २१ गते हुने आम निर्वाचनमालाई शान्ति पूर्वक तरिकाले भयरहित तबरले मतदान गर्ने वातावरण सृजना गर्नु पनि एमालेको चाहना रहेको उहाँको भनाई थियो ।

Leave a Comment