---Advertisement---

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने

On: January 11, 2026 10:16 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा जेष्ठ शेयर सदस्य पुस्कल जोशीले पछिल्लो समय सहकारीहरुमा विश्वास कम हुदै गएको अबस्थामा सहकारीले व्यवस्थित र सबैको विश्वास जित्ने काम गरेको बताउनुभयो । सोही अवसरमा निर्वतमान अध्यक्ष हरिकृष्ण शर्माले आफ्नो शेयर सदस्यहको सुविधाका लागि शुरु गरेका डिजिटल भुक्तानी सेवा प्रभावकारी बन्दै गएकाले यसलाई थप ब्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।


साधारणसभामा जेष्ठ शेयर सदस्य पुस्कल जोशीले पछिल्लो समय सहकारीहरुमा विश्वास कम हुदै गएको अबस्थामा सहकारीले व्यवस्थित र सबैको विस्वास जित्ने काम गरेको बताउनुभयो । असल ऋणीको रुपमा बेल कुमारी श्रेष्ठ, बाद बचतमा सुजल श्रेष्ठ, नियमिति बचतमा पदमबहादुर थापा, शेयर सस्दयहरुको छोराछोरीबाट एईईमा उत्कृष्ट अंक ल्याउने उत्तम रिजाललाई सम्मान गरिएको थियो ।


वैदेशिक रोजगारीका लागि गएका शेयर सदस्यहरुले आफ्नो परिवारलाई विदेशबाट पैसा पठाउन लोकदिपकै मोबाइल एप प्रयोग गर्न सकिने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो । त्यस्तै ग्रामिण भेकमा रहेका सदस्यहरुले आफ्नो घरको विजुली तथा टेलिभिजन तथा इन्टरनेटको बिल तिर्नका लागि पनि सहकारीकै एपको प्रयोग गर्न सकिन्छ ।


१३ सय ६३ जना शेयर सदस्य रहेको सहकारीमा रु. एक करोड ६७ लाख २८ हजार एक सय सेयर पुँजी रहेको सहकारीले ८ करोड ४९ लाख २ हजार ८७ रुपैयाँ लगानी गरेको छ। त्यस्तै संस्थामा ८ करोड २३ लाख ३६ हजार ३७८ रुपैयाँ बचत रहेको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, स्वागत उपाध्यक्ष देबेन्द्र पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमनाथ शर्मा र संचालन तथा प्रगति प्रतिवेदन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।

Leave a Comment