राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले मंगला गाउँपालिका–१, कुहुँ पूर्णगाउँमा राजन खत्रीको सभापतित्वमा वडा समिति गठन गरेको छ । नयाँ बैकल्पिक शक्तीको रुपमा स्थापित भएको रास्वपाले जिल्लाभर संगठन विस्तारको अभियानलाई तिब्रता दिएसँगै पूर्णगाउँमा आयोजित भेलाबाट उपसभापति रिमा बनियाँ, सचिव दिलकुमार दर्जी,उपसचिव सुशीला आचार्य रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा काजी किसान, लक्ष्मण अर्मजा, शिवकुमारी रेग्मी, मानबहादुर केसी, नेत्रबहादुर खत्री, संगठन विभागको संयोजक धर्मदत्त रेग्मी,उपसंयोजक यामबहादुर खत्री रहनुभएको जिल्ला सभापति रोकाले जानकारी दिनुभयो ।

सोही अवसरमा दु्रत कार्य टोली को संयोजकः बलीप्रसाद आचार्य,उपसंयोजक ज्ञानबहादुर बिक,सचिव टिपप्रसाद राम्जाली, संरक्षकहरूमा दुर्गादत्त आचार्य, देवीप्रसाद सुबेदी, रणबहादुर अर्मजा चयन हुनुभएको छ ।
वडा अधिवेशनबाट बेनी सामुदायिक माविका पूर्व प्रधानध्यापक दिपक श्रेष्ठ समेत रास्वपामा देखिनुभएको छ । जिल्ला सभापति रोकाले म्याग्दीका सबै ४५ वटै वडाको बस्तीसम्म पुगेर संगठन विस्तारको अभियानमा जुट्ने बताउनुभयो । जिल्लामा आगामी निर्वाचनमा पहिलो शक्ती बनाउने दावी समेत गर्नुभएको छ ।








