---Advertisement---

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनको बाटो खुल्यो

On: January 12, 2026 2:09 PM
Follow Us:

नेपाली कांग्रेसको  विशेष केन्द्रीय महाधिवेशनले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेसंगै  वर्तमान केन्द्रीय कार्यसमितिको विघटन गर्दै नयाँ नेतृत्व चयनका लागि वैधानिक आधार प्रदान गरेको छ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार पारित कार्यविधिअनुसार २०७८ साल मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको अवस्थालाई मध्यनजर गर्दै सो समिति विघटन गरिने भएको छ।  

साथै १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टी सञ्चालनका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गरिएको छ।

Leave a Comment