पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने अपराध बढ्दै जान थालेपछि म्याग्दी बहुमुखी क्याम्पसले विद्यालयमा साइबर सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । विश्वविद्यालय अनुदान आयोगबाट पहिलो पटक गुणस्तरको मान्यताप्राप्त गरेको दिनलाई क्याम्पस गुणस्तर दिवसको रुपमा मनाएको क्याम्पसले जिल्लाको मालिका,मंगला,अन्नपूर्ण र पर्वत जिल्लाको जलजला गाँउपालिका भित्र ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरु कार्यशाला सञ्चालन गरेको हो ।

बि.स २०७६ सालमा आजकै दिन पौष २८ गते म्याग्दी बहुमुखी क्याम्पसले पहिलो पटक क्युएएको मान्यताप्राप्त गरेको दिनलाई उत्सवको रुपमा लिदैं यसबर्षदेखि गुणस्तर दिवस मनाएको सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले बताउनुभयो ।

क्याम्पसमा स्थापना भएको आइसिटी क्लवको संयोजन र सम्बन्धीत गाँउपालिकहरुको सहयोगमा आयोजित कार्यशालामा साइबर सुरक्षा भनेको के हो ? ह्याकरहरूले मानिसहरूलाई कसरी धोका दिन्छन्, साइबरबुलिङको बारेमा जागरूकता, मानिसहरूले सामना गर्ने सामान्य अनलाइन धम्कीहरू, अनलाइनमा आफूलाई कसरी सुरक्षित राख्ने लगायत विभिन्न विषयमा जानकारी गराइएको क्लवका सदस्य विवेक सापकोटाले जानकारी दिनुभयो ।

कार्यशालामा अन्नपूर्ण गाउँपालिकाको सर्वोदय माविको सभाहलमा आयोजित कार्यक्रममा सर्वोदय मावि, ज्ञानप्रकाश मावि दाना, प्रभा मावि नारच्याङ गरी ४५ भन्दा वढी शिक्षकएवं विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्यशालाको सहजीकरण विवेक शापकोटा, दिक्षा पुन, सन्ध्या पौडेल र अंकिता रञ्तिजाले गर्नुभएको थियो ।

त्यसैगरी मालिका गाँउापालिकामा जनप्रिय मावि, किसानी माावि, राष्ट्रिय माविका ७० जनाभन्दा वढी विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्याशालामा सन्देस आचार्य,एलिशा पुन, दिपा पौडेल, मेनुकापुन र विष्णु शेरपुञ्जाले सहजीकरण गरेका थिए । त्यस्तै मंगला गाउँपालिकाको मंगला माविमा आयोजित कार्यशालामा मंगला र महेन्द्ररत्न माविका गरी ६० जनाभन्दा वढी विद्यार्थीहरुको सहभागीता रहेकोमा अभिजित शाही, शेरवहादुर सुनार, प्रमिला पौडेल, दिपा भण्डारीले सहजिकरण गर्नुभएको थियो ।









