परम्परगत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्राउनका लागि विश्व हिन्दु महासंघ म्याग्दीले आयोजना गरेको भजन प्रतियोगितामा बेनी युवा भजन समुह, द्धितिय श्रीकृष्ण गण्डकी जेष्ठ सेवा केन्द्र र तेस्रो डाँडाबारी भजन समुह तृतिय भएको छ । त्यसैगरी महारानी मन्दिर भजन समुह र लक्ष्मीनारायण भजन समुहले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम भएको भजन समूहले रु.५ हजार, द्वितीय हुने समूहले रु. ३ हजार, तृतीय हुने समूहले रु. २ हजार र सान्त्वना हुने समूहले रु. १ हजार रुपैयाँ प्राप्त गरेको महासंघका सचिव बलराम सुबेदीले बताउनुभयो ।

राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित प्रतियोगितामा पछिल्लो समय देशका विभिन्न स्थानमा भजन प्रतियोगितको आयोजना गर्ने क्रम बढ्न थालेको भन्दैं यस्ता प्रतियोगिताहरुले धर्मको संरक्षण संगैं धार्मिक र सांस्कृतिक पाटोलाई समेत मजबुत बनाउँने विश्वास व्यक्त गरिएको अध्यक्ष दण्डपानी उपाध्यायले बताउनुभयो । भजन प्रतियोगिताले नयाँ पुस्तामा ज्ञान, सिप र संस्कृतिको हस्तान्तरणको लागि समेत महत्वपूर्ण भूमिका खेलेकाले आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।












