---Advertisement---

कतारमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन अनुरोध

On: January 13, 2026 7:30 AM
Follow Us:

कतारमा रहेका म्याग्देलीलाई म्याग्दी समाजमा आबद्ध हुन अनुरोध गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले म्याग्देली बिचको एकता र सहकार्यसँगै जन्मभूमी र कर्मभूमीमा रचनात्मक कार्यका लागि रोजगार सहित अन्य कामको सिलसिलामा कतारमा बसोबास गर्ने म्याग्देलीलाई गोलबद्ध हुन अपिल गरेको हो ।


संसारभरी छरिएको मोनाका राष्ट्रि«य कार्यकारी समितिमा सक्रिय रहेको मोना कतारले आयोजना गरेको सदस्य भेटघाट तथा बनभोज कार्यक्रममा अध्यक्ष बाबुराम भण्डारीले मोनामा आवद्ध भएपछि विभिन्न समस्या भएको बेलामा समेत सहयोग तथा अन्य रचनात्मक कार्यमा समेत सहज हुने बताउनुभयो ।

मोनामा आवद्ध रहोकहरुकालाई कम्पनीमा समस्या, कुनै घटना हुदाँ समेत तत्कालै सहयोग गर्न सजिलो हुने गरेको अध्यक्ष भण्डारीको भनाई छ । कार्यक्रममा गण्डकी प्रदेशभित्रका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईलीले कतारबाट मानवीय सहित जन्मभूमीमा धेरै कार्यक्रम गरिएको बताउनुभयो ।


सोही अवसरमा बोल्दै मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नरेन्द्र फगामीले विश्वभर रहेका म्याग्देलीका लागि मोनाले विश्वभर रहेका म्याग्देलीलाई सहज हुने गरी विस्तार गरिरहेको बताउनुभयो । खाडीमुलुकमा घरेलु कामदार तथा सम्पर्कमा नभएकालाई उद्धारमा ढिलाइ हुने गरेको अवस्थामा संस्थामा आवद्ध भएकालाई उद्धारमा समेत तथा कानुनी प्रक्रिया मिलाई घर फिर्ती अभियान समेत सञ्चालन गरिएको बताउनुभयो । बनभोज कार्यक्रम तथा भेटघाटको सहजीकरण संस्थाका उपाध्यक्ष पदम पुनले गर्नुभएको थियो ।

Leave a Comment