सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको भाउ आज थप बढेर कीर्तिमान बनाएको हो । आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा १ सय ४५ रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १ सय ९५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय भू–राजनीतिक अनिश्चितता, मुद्रास्फीति र कम ब्याजदरका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका महासङ्घले जनाएको छ ।














