---Advertisement---

९ वर्षको खडेरी तोड्दै म्याग्दी जलजला समाज अष्ट्रेलियालाई उपाधी

On: January 13, 2026 7:08 PM
Follow Us:

सर्वाधिक धनराशिको तेस्रो सिपिए विल्सन इन्टरनेसनल महिला तथा पुरुष भलिबल कपको उपाधि पुरुषतर्फ म्याग्दी जलजला परिवार अस्ट्रेलिया र महिलातर्फ म्याग्दीकाली युनाइटेडले जितेको छ । 

विगतका प्रतियोगिताहरूमा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेता पनि उपाधी बिहिन रहेको म्याग्दी जलजला परिवारले करिब ९ वर्षको लामो खडेरी चिर्दै उपाधी चुम्न सफल भएको छ।

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) को आयोजना Auburn Basketball Centre भएको प्रतियोगिताको पुरुषतर्फ फाइनलमा म्याग्दीकाली युनाइटेडलाई सोझो सेटमा पराजित गर्दै जलजलाले उपाधि जितेको हो । महिला तर्फको उपाधी म्याग्दीकाली युनाइटेडले मंगला समाजलाई ३–१ सेटमा पराजित गर्दै उपाधि जितेको थियो । 

उपाधिसँगै, जलजलाले  ४ हजार ४ सय ४४ अस्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता म्याग्दीकाली युनाइटेडले २ हजार २ सय २२ अस्ट्रेलियन डलर ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै, महिला तर्फको बिजेता म्याग्दीकालीले   १ हजार ७ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र तथा उपबिजेता मंगला समाजले ८ सय अस्ट्रेलियन डलर प्राप्त गरेको छ ।

टूर्नामेन्टको उत्कृष्ट खेलाडी – हेमन्त बहादुर मल्ल

• सर्वश्रेष्ठ स्पाइकर – रमेश बी.के.

• सर्वश्रेष्ठ सर्भर – लोकेन्द्र गिरी

• सर्वश्रेष्ठ कोच – इम रोका घोषित भएका छन 

यो त केवल शुरुवाट मात्र हो, आगामी दिनहरूमा यस्ता सफलताहरू अझै आउनेछन्।  पर्दा पछाडि रहेर दिनरात मेहनत गर्दै हाम्रो समुदायलाई एकजुट र सशक्त बनाएर लैजाने र अर्को ट्रफीको लक्ष्यका साथ मैदानमा उत्रिने अध्यक्ष दिपेन्द्र भण्डारीले बेनीअनलाईनलाई बताएका छन।

आफ्नो टोलीमा विश्वास र लगातार मेहनतले गर्दा नै उपाधी उचाल्न सफल भएको र यो सफलता प्राप्त गर्नमा सहयोग गर्नु हुने सम्पूर्ण खेलाडी र सहयोगीहरुलाई बेनीअनलाईन मार्फत अध्यक्ष दिपेन्द्र भण्डारीले धन्यबाद दिनु भएको छ।

Leave a Comment