---Advertisement---

जन्मदिनको अवसरमा शिक्षक, कर्मचारीलाई शैक्षिक पोशाक सहयोग

On: January 13, 2026 8:55 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहन एक समाजसेवीले म्याग्दीका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना घर भई हाल यूकेमा रहेका कृष्ण तुलाचनले मंगलबार आफ्नो जन्मभूमि दानामा रहेको ज्ञानप्रकाश माविका शिक्षक, कर्मचारीसहित २१ जनालाई ज्याकेट, स्वीटर सहयोग गरिएको छ । समाजसेवी तुलाचनले विगतमा बर्षमा जस्तै जन्मदिनको अवसरमा सहयोग गर्ने उदेश्यले यसबर्ष विद्यालयका शिक्षक, कर्मचारी, जनप्रतिनिधि सहितलाई पोशाक सहयोग गरी जन्मदिन मनाएको बताउनुभयो ।

हरेक जन्मदिनमा चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उपचारमा बन्चित भएका लगायत विभिन्न सामाजिक कार्यमा सहयो गर्ने गर्नुभएका समाजसेवी तुलाचनका बारेमा प्रधानाध्यापक शान्त नेपालीले बताउनुभयो ।


‘जन्मदिनमा हरेक बर्ष खर्च नगरी सहयोग गर्नुहुन्छ, विद्यालयको शैक्षिक र भौतिककार्यमा अतुलनीय योगदान छ’ प्रअ नेपालीले भन्नुभयो । समाजसेवी तुलाचनले स्थापना गरेको दुर्गाप्रसाद स्मृति कोषमार्फत विद्यार्थीलाई पुरस्कार सहित अन्य विभिन्न सहयोग गरी डेढ लाख समेत विद्यालयमै कार्यक्रम गरी हस्तान्तरण गरेको सहित जन्मदिनमा गरी २ लाख २७ हजार ५ सयको सहयोग गरिएको प्रतिनिधि सुमन गिरीको भनाई छ ।

विद्यालयको भौतिक पूर्वाधार, छात्रबृत्ती, खेलकुद लगायत विभिन्न पक्षमा बर्षेनी अन्य समयमा समेत सहयोग गर्ने गर्नुभएका तुलाचनले भावी दिनमा पनि हरेक जन्मदिनलाई समाजमै सहयोग गरी मनाउने बताउनुभयो । तुलाचनले जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताउनुभयो ।

Leave a Comment