बेनीमा मंगलबार शिक्षक र विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । एकिकृत सेवा कार्यालयको आयोजनामा म्याग्दीका शिक्षक र विद्यार्थीहरुबीच वृक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । १० जना सहभागी शिक्षकहरुबीचको वक्तृत्वकलामा ज्ञानोदय मावि रघुगंगा गाउँपालिका–३ मौवाफाँटका अर्जुन पौडेल पहिलो, मुक्तिधाम मावि भगवतिका मेघा रिजाल दोस्रो र मंगला माविका करन कडेल तेस्रो हुनुभएको छ ।

११ जना सहभागी विद्यार्थीहरुबीचको प्रतियोगितामा धनजता मावि धवलागिरी गाउँपालिका–३ फलियागाउँकी इमिरा भण्डारी पहिलो, प्रकाश मावि बेनीका सदिक्षा सुवेदी दोस्रो र म्याग्दी एकेडेमी सिंगाकी विअप्सिना बानिया तेस्रो हुनुभएको छ ।
दुई वटै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश रु. छ हजार, चार हजार र दुई हजारका दरले पुरस्कार वितरण गरिएको एकिकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्सेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।









