---Advertisement---

मोना अन्तराष्ट्रियको छैठौंं महाधिवेशन फागुन ५ गते हुने

On: January 13, 2026 11:28 PM
Follow Us:

विश्वभर रहेका म्याग्दीबासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको छैठौंं महाधिवेशन सदरमुकाम बेनीमा हुने भएको छ। जेनजी आन्दोलनका कारण असोज महिनामा तोकिएको महाधिवेशन स्थगित भएपछि मोना डे को अवसरमा आगामी फागुन ५ गते सदरमुकाम बेनीमा हुने अध्यक्ष ददीवल खड्कालेब बताउनुभयो ।

महाधिवेशनका लागि सबै राष्ट्रिय कार्यकारी समितिलाई प्रतिनिधिका लागि पत्रचार गरिएको अध्यक्ष खड्काको भनाई छ । महाधिवेशनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । अध्यक्ष खड्काले प्रतिनिधिहरुको सहभागितामा महाधिवेशन गरिने बताउनुभयो ।


अध्यक्ष खड्काको कार्यकालमा मंगलाघाटमा मोना हाउस बनाउन आर्थिक संकलन तथा गणेशटोलमा मोनामा आवद्धहरुको सक्रियतामा अर्गानिक मार्ट स्थापना भएको छ। मोनाका कोषाध्यक्ष नरेन्द्र फगामीले विश्वभरका ३२ देशमा रहेका मोनाका राष्ट्रि«य कार्यकारी समितिमार्फत प्रतिनिधि आउने बताउनुभयो ।

जिल्लाभित्र र विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते स्थापना भएको थियो । मोनामार्फत म्याग्दीमा जलविद्युत,शैक्षिक तथा बाढीपहिरोबाट विस्थापितलाई पुनर्वास, आर्थिक अभावका कारण समस्यामा परेकालाई उपचार तथा विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने गरिएको महासचिव सुनेश केसीको भनाई छ ।

Leave a Comment