राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले रघुगंगा गाउँपालिका–२प्रथम वडा अधिवेशनबाट वडा समितिमा प. बहादुर कार्कीलाई चयन गरेको छ । भगवतीको मैदानमा उत्साहजनक उपस्थितीमा सम्पन्न भएको भेलाबाट उपसभापति विष्णु भण्डारी,सचिवः हुमबहादुर बरुवाल, सहसचिवः सरोज कुमार मल्ल, रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूः शर्मिला बगदास, शेरबहादुर थापा, दिलबहादुर खत्री, जुना भण्डारी, रिम बहादुर खत्री, जनक भण्डारी, कमल भण्डारी चयन गरिएको उपसभापति छवि आचार्यले बताउनुभयो ।

सोही अवसरमा संगठन विभाग संयोजकः शेर बहादुर कार्की,उप–संयोजकः राजु भण्डारी, दु्रत कार्यदलको संयोजक ईश्वर कार्की,उपसंयोजकः सन्तोष बहादुर भण्डारी,सचिवः विमल परियार,सदस्यहरूः मोहन भण्डारी, मनीष भण्डारीलाई तोकिएको छ । वडा अधिवेशनका जिल्ला सभापति यूवराज रोकाले अब म्याग्दीमा रास्वपाको यात्रा बस्तीबस्तीसम्म पुगेको बताउनुभयो । सोही अवसरमा रास्वपा म्याग्दीका नेता दिपक श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।











