खाडीमुलक कतारमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने उदेश्यले स्थापित मोना कतार बहुउदेश्यीय अक्षय कोषले म्याग्दीका सामुदायिक विद्यालयहरूमा सञ्चालित तीनवटा अपाङ्गता स्रोत कक्षाका विद्यार्थीलाई सहयोग गरेको छ ।

कोषले जाडोयाममा सहयोग हुने गरी बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत बालजागृति आधारभुत विद्यालय बगुवाखोलालाई न्यानो कपडा, धौलागिरी मावि सिङ्गमा बहिरा बालबालिकालाई स्टेशनरी, हिटर, भाडाँकुडा, खाजा र ज्ञानोदय मावि मौवाफाँटमा हिटर, खाद्यान्न साम्रागीका लागि २२÷२२ हजार रुपैयाँ बराबरको सहयोग गरिएको हो । सहयोग हस्तान्तरणका लागि कोषका सदस्य बालकृष्ण खत्री, अजय कुँवरमार्फत हस्तान्तरण गर्नुभएको थियो । बालबालिकाले अध्ययनरत स्रोत कक्षालाई सहज हुने गरी सहयोग गरिएको कोषका अध्यक्ष बिक्रम कार्कीले बताउनुभयो ।

स्रोत कक्षालाई राज्याबाट प्राप्त हुने सिमित स्रोतसाधनले अपुग हुने अवस्थामा विभिन्न माध्यमबाट सहयोग गर्ने गरिएको छ । तीनवैट विद्यालयमा अध्ययापन गर्ने स्रोत कक्षा शिक्षक समेत छन् ।
शिक्षासंगै निःशुल्क आवास, खाना, लत्ताकपडा, कापी–कलम आदिको व्यवस्था गरिएपछि जिल्लाका विभिन्न गाउँबाट समेत बालवालिकाले आएका छन् । कोषले कर्मभूमिबाट बिरामी भएर, अलपत्र अवस्थामा उद्धार तथा पारिवारिक लगायतका विभिन्न समस्यामा परेकाको पहिचान गरी समाजमा पुर्नस्थापना,सहज जिवनयापन, रोजगारमुलक कार्यमा समेत सघाउने गरेको कोषाध्यक्ष रशेम पौडेलको भनाई छ ।









