म्याग्दीको सदरमुकाम बेनीमा बुधवारदेखि सुरू भएको ११औं संस्करणको माघेसङ्क्रान्ति मेलामा कलाकृति उजागर गर्ने उद्देश्यले चित्रकला कार्यशाला सञ्चालन गरिएको छ । म्याग्दी, बागलुङका चित्रकारहरूको भेलाबाट म्याग्दी जिल्लाका धार्मिक, पर्यटकीय, सांस्कृतिक सहित विभिन्न विषयबस्तुमा चित्रकला प्रर्दशन तथा सीप हस्तान्तरण गरिएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा सिर्जनात्मक कलामार्फत जिल्लाको प्रचारप्रसार गर्ने उदेश्यले बेनी खुल्लामञ्चको भगवती मन्दिरको प्राङ्गणमा आयोजित कार्यशालामा ललितकला क्याम्पसको केन्द्रिय विभागमा प्रध्यापमक पकबहादुर थापाले सहजीकरण गर्नुभएको थियो ।

जिल्लाको मंगला गाउँपालिका–३,पखेरका थापाले पेन्टिङमार्फत इतिहास,कलासंस्कृति,पर्यटन तथा धार्मिक र विविधायुक्त र जीवनशैली लगायत वास्तविकता भरिएका चित्रहरू बनाइएकोृ थियो । प्राध्यापक थापाले धौलागिरी क्षेत्रमा आर्ट क्षेत्रमा प्रसस्तै सम्भावना रहेको बताउनुभयो । ‘मैले सिकाउने र आफैले पनि नियमित बनाउछु, स्केच, वाटरकलरको प्रयोगसँगै कलामा रमाउन चाहनेहरुलाई सधै साथ दिने गरेको छु’ प्राध्यापक थापाले बेनीअनलाइनलाई भन्नुभयो । प्राध्यापक थापाका अनुसार कलामा बास्तविता,आत्मियतालाई समेटेपछि सृजनात्मक भल्किन्छ ।

म्याग्दीमा आर्ट ब्यवसायमा सक्रिय यूवा सुरेन्द्र राना र ललिन्द्र थापा मगरले अनुभवी प्रशिक्षकबाट थप सिक्ने अवसर मिलेको बताउनुभयो । आफ्नो सीप प्रयोग गरी ब्यवसाय सञ्चालन गर्ने गरेकोमा कार्यशालाले झनै उर्जा थपेको अर्का सहभागि रुपक खातीको भनाई छ । म्याग्दी उद्योग वाणिज्य संघले मोना अष्टेलियामार्फत आयोजित फोटो प्रतियोगितामा उत्कृष्ट भएका तस्वीर दिएर सहभागीलाई पेन्टिङ गर्न लगाएको थियो ।

चित्रकला कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल सहितको टोलीले समेत अवलोकन गदैं चित्रकलामार्फत पर्यटन जिल्लाको बास्तविकता झल्काउन सकिने बताइएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले चित्रकलामार्फत विद्यार्थीलाई समेत सीप हस्तान्तरण सहित विभिन्न कार्यक्रम रहेको बताउनुभयो । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित आउँदो माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, लोकनृत्यसहित झाँकी र कलाकारहरुको विभिन्न प्रस्तुती, उद्यमीहरुको बीचमा टोपी, दुनाटपरी र बाटेको धुप बनाउने प्रतिसर््पर्धालगायत रहेका छन् ।









