---Advertisement---

भेपको कुलतमा फस्दै विद्यार्थी, छैन सरोकारवाला निकायलाई चासो

On: January 15, 2026 9:35 AM
Follow Us:


एक वर्षदेखि बजारमा नयाँ स्वादमा भेप आएको छ। अहिले प्रयोग गरेर सकिएपछि फाल्ने भेपको माग बढी हुने गरेको छ। फरक–फरक स्वादका कारण विद्यार्थी र युवाको आकर्षण डिस्पोजेवल भेपमा बढिरहेको बेनीका एक ब्यापारीको भनाई छ । व्यापारीका अनुसार नयाँ स्वादमा आएको भेपको खुद्रा मूल्य बजारमा साढे दुई हजार पर्छ। दुई हजारमा बिक्री गर्दा ७ सय रुपैयाँ नाफा हुन्छ। बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्ने भेपको डिभाइस भने डिस्पोजेवलको तुलनामा महँगो पर्छ। पुनः प्रयोग गर्न मिल्ने डिभाइस पनि फरकफरक मूल्यमा बजारमा पाइने भएपनि विद्यार्थीले अनलाइनबाटै खरिद गर्ने गरेका छन्। साथीभाइबीचमा स्मार्ट देखिन पनि भेप प्रयोग गरेको देखिन्छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90


‘साथीभाइको बीचमा भेप र घर पुगेपछि परिवारका सदस्यलाई भ्रममा पारेर तान्ने गरेको पनि पाइन्छ । विद्यार्थीले अभिभावकले पठाएको खाजा खर्च बचाएर किनेको बताए । बेला–बेलामा चुरोटको सेवन गर्ने गरेका विद्यार्थीले विद्यालयमा समेत लगेर जान थालेपछि शिक्षक समेत झस्किएका छन् । जनस्वास्थ्यमा गम्भीर असर पार्ने र कुलतमा फस्नेहरूको संख्या बढेको छ । सामाजिक सञ्जालमा चुरोटको लत छुटाउने पानीको बाफ खाँदा रमाइलो हुने भन्दै सेवन गर्ने गरेको पाइएको छ ।

चुरोट सेवन गर्ने विद्यार्थीले नियमित भेप प्रयोग गर्न थालेपछि सदरमुकाम बेनीमा समेत बिक्री गर्ने गरिएको छ । भेपको थोक, खुद्रा र अनलाइन बिक्री हुन्छ।अधिकांस प्रयोगकर्ताले अनलाइनबाट मगाएर प्रयोग गर्ने गरेका छन् । ‘विद्यार्थीमा डरलाग्दो समस्या बन्दैछ,आफ्नो बच्चा कुलतमा फसेका बारेमा निगरानी बढाउनुपर्छ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले भने । सानो र चिटिक्क परेको उपकरणबाट सेवन गरिने भेप समाजमा खुल्लमखुला प्रयोगलाई न्यूनिकरण गर्न जनचेतनामुलक अभियान समेत सञ्चालन गर्ने गरिएको बताए ।

भेप बिक्री र प्रयोग गैरकानुनी भएको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाई छ । म्याग्दीमा कुलतमा फसेका विद्यार्थीले गाँजा, चुरोट तथा सूईको माध्यमबाट नशाको माध्यमबाट लागुऔषध समेत प्रयोग गर्ने गरेको गुनासो प्रहरीमा समेत पुग्ने गरेको छ । हरेक बर्ष लागुऔषधका प्रयोगकर्ता सहित बिक्री गर्न आएकाहरुलाई नियन्त्रणमा लिने गरिएपनि नयाँ नयाँ रुपबाट सेवनकर्ता बढ्ने क्रममा प्रहरीलाई समेत चुनौती थपिएको छ ।

ई–सिगरेट (भेप) कति हानिकारक ?
चिकित्सकका अनुसार भेपमा निकोटिन जस्तो नसालु र घातक पदार्थ रहेको हुन्छ । क्यान्सरको कारक मानिएको रसायन एसेटालडिनाइल र फर्मालडेहाइड जस्ता रसायनको मिश्रण भेपमा भएको हुन्छ । फोक्सोमा लाग्ने गम्भीर खालको रोगका कारक एक्रोलिन डाइएसेटिल र डाइथेलिन ग्लुको जस्ता घातक रसायन भेपमा राखिएको हुन्छ ।भेपले क्षणिक रूपमा एलर्जी हुने, मुटुको चाल बढाउने, रक्तचाप बढाउने र केमिकल र फ्लेभरहरूले एलर्जिक रियाक्सन गराउँछ । दीर्घकालीन रूपमा भने भेपले फोक्सोको समस्या, जसलाई ‘ईभाली’ भनिन्छ, त्यसको संक्रमण हुन सक्छ । कुँवर बताउँछन् ।

फ्लेभरकै कारण पनि भेपको प्रयोग बढ्छ। साना बालबालिका र किशोरकिशोरीहरूले यसको हानिबारे नबुझी प्रयोग गर्ने गरिन्छ । चुरोटको लत छुटाउनका लागि समेत प्रयोग गर्न सकिने भनेर प्रचार गरिएको भेपमा शरीरका लागि अति घातक मानिएका चुरोटमा नपाइने पदार्थ पनि रहेका हुन्छन् । मानव स्वास्थ्यका लागि घातक भन्दै चुरोट बिँडीको बेचबिखनमा नियन्त्रण थालेको सरकारले भेपको प्रचारप्रसार, बिक्रीवितरण र सेवनमा कुनै नियन्त्रण र सावधानी अपनाएको देखिँदैन ।

कोरला नाकाबाट भित्रिन्छ भेप
कोरलाको नाकाबाट ल्याउँदै गरिएको १६ हजार थान विद्युतीय चुरोट भेप बोकेको कन्टेनरसहित चालक पक्राउ परेका छन् । नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रबाट आउँदै गरेको कन्टेनरलाई मुस्ताङ भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

कोरला नाकाबाट चिनियाँ क्षेत्रमा प्रवेश गर्ने नाकामा नजिकै रहेको ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का पेमा लामालाई नियन्त्रणमा लिइएको थियो । बि.स २०८१ साल पुस महिनामा समेत मुस्ताङबाट १९ हजार थान भेप बरामद गरेपछि नाकामा कडाई भएको थियो । चिनियाँ नाकबाट चोरीपैठारी हुने विद्युतीय चुरोटलाई नेपाल हुदै भारतसम्म लैजाने गरिन्छ । १ सय ८६ किलोमिटर दूरीको कोरला सडकबाट छिमेकी जिल्ला म्याग्दी हुदै राष्ट्रि«य राजमार्गमा जोडिन्छ । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरी रहेको छ ।

Leave a Comment