---Advertisement---

म्याग्दीमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप,शनिबारसम्म आवेदन दिन पाइने

On: January 15, 2026 5:45 PM
Follow Us:

म्याग्दीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिको बैठकले शनिबार माघ ३ गतेसम्मलाई म्याद थप गरेको सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । निर्वाचन प्रहरी भर्नाको सूचना प्रकाशन गरी पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिने समयमा आवश्यकभन्दा कमले निर्वाचन प्रहरीमा आवेदन गरेपछि उक्त निर्णय गरिएको सहायक प्रजिअ आचार्यको भनाई छ ।


निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम माग देशैभर निर्वाचन प्रहरी भर्ना सञ्चालन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बल नेपालले बिरेन्द्रचोकको चौतारीमा कायम गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि जिल्लामा ८ सय ६१ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । ४० दिन खटिने गरी ३४ हजार ७७६ रुपैयाँ तलबसुविधा पाउने गरी भर्ना खुलेको छ । त्यस्तै यातायात तथा खानाखाना, दुर्घटना विमाका साथै भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइन्छ ।


निर्वाचन प्रहरीका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारिरीक र मानसकि रूपमा स्वस्थ लगायतका तोकिएको योग्यता प्रहरी र सशस्त्रका जवानको भर्नामा निर्धारण गरिएका प्रावधान रहेको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये बिगतमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्रअनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने दिइएपनि तोकिएको मापदण्ड भएका सबैले आवेदन दिन पाउने छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल सिफारिस गरिएकोमा ८६ हजार ३ सय ९७ जना मतदाता रहेका छन् ।

Leave a Comment