---Advertisement---

‘पुन र मगर छुट्टै जाति होइन’ : जुग्जाली

On: January 15, 2026 11:40 PM
Follow Us:

गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले पुन र मगर जाति एउटै भएको बताउनुभयो । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गदैं पुन र मगरलाई बिभाजन गर्ने प्रयास गरिएकाले मगर समुदाय एउटै भएको बताउनुभयो ।

उहाँले म्याग्दीमा मगर समुदाय संस्कृति संरक्षणमा अग्रसर बनेपनि भाषा संरक्षणमा चासो पुग्न नसकेको बताउँदै नयाँ पुस्तालाई आफ्नो मौलिक भाषाबारे प्रशिक्षण गराउनुपर्ने बताउनुभयो । मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने गरी गण्डकी प्रदेश सरकारले विद्येयक पारित गरेको बताउँदै नयाँ पुस्तालाई अनिवार्य रुपमा आफ्नो मौलिक भाषा सिकाउनतर्फ लाग्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।


कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन, उपाध्यक्ष रेशम पुन, नेपाल मगर संघ गण्डकी प्रदेश समितिका सदस्य हिराबहादुर पुन, बेनी सामुदायिक माविका प्रअ भिम घर्तिलगायतले मगर समुदायको एकताले मात्रै मगर समुदायको उत्थान हुने बताउँदै भाषा, संस्कृति संरक्षणमा जागरण ल्याउन आबश्यक रहेकोमा जोड दिनुभयो । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष खम थापा मगरले आगामी बर्षको माघे संक्रान्तिमा बेनीमा प्रथम मगर महोत्सव आयोजना गर्ने निर्णय भएको बताउँदै भाषा, संस्कृति संरक्षणमा संघले पहल गर्ने बताउनुभयो ।


नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष विष्णुकुमारी रोकाले स्वागत गर्नुभएको कार्यक्रममा गायिका गिता पाइजाले साँगेतिक प्रस्तुती राख्नुभएको थियो भने सञ्चालन सहसचिब रमेश फगामी मगरले गर्नुभएको थियो । उक्त अवसरमा बेनी सामुदायिक माविको प्रअमा नियुक्त हुनुभएका भिम घर्तिलाई सम्मान समेत गरिएको थियो भने विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । बेनीमा साँस्कृतिक झाँकी प्रदर्शन सहित शुभकामना आदान प्रदान गरी जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समारोहको उद्घाटन गर्दै हर्षउल्लासका साथ माघे संक्रान्ति पर्व मनाइएको छ ।

Leave a Comment