---Advertisement---

पौलस्त्य माविका विद्यार्थीलाई शैक्षिक साम्रागी र पुरस्कार वितरण

On: January 16, 2026 12:02 AM
Follow Us:

देवीदत्त उपाध्याय पौडेल छात्रवृत्ति कोषद्वारा बेनी नगरपालिका–५, भिरमुनीमा अवस्थित पौलस्त्य माविका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण तथा नगरपालिका स्तरीय परीक्षा र एसइईमा उत्कृष्ठ अंक प्राप्त गर्ने सोही विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा समाजसेवी, शिक्षाप्रेमी उपाध्याय पौडेलको जीवनीको चर्चा गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायािवक्ता चिरञ्जीवी शर्मा,सहन्यायाधिवक्ता खेमराज पाठक र उप न्यायधिवक्ता अमृत रेग्मीले कानुनी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


सोही अवसरमा प्रमुख अतिथि मुख्य न्यायधिबक्ता शर्माले कानुनी सचेतनासँगै गण्डकी प्रदेशमा अड्किएका धेरै योजनाहरुलाई पूर्णता दिइएको बताउनुभयो । विव्यस अध्यक्ष दुर्गाबहादुर बानियाँको अध्यक्षता, प्रअ प्रेमबहादुर बानियाँको स्वागतमा भएको कार्यक्रममा साहित्यकार अजयमिलन श्रेष्ठ, कानुन ब्यवसायी ठाकुर प्रसाद आचार्यले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा बाल अधिकारकर्मी कोमल ढुङ्गाना, बसन्त आधारभूतका प्रअ खेमराज शर्मा , मुकुन्द प्रसाद पौडेल, कोषका अध्यक्ष यज्ञदत्त पौडेल लगायत करिब २ सय जनाको सहभागिता रहेको थियो । पुरस्कार वितरण तथता कार्यक्रमको सञ्चालन कोषका रमेश पौडेल र विद्यालयका शिक्षक देवीप्रसाद शर्माले गर्नुभएको थियो ।

Leave a Comment