भूकम्पबाट सधैं सतर्क रहनुपर्ने म्याग्दीमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रमको अवसरमा सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको बताइएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय म्याग्दीकी कार्याबाहक प्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो । भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धिका लागि तीनै तहका सरकार मातहतका निकायहरुले समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ । पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखि ५ रेक्टरस्केलका भूकम्पको २५भन्दा बढी पटक धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुई दशक यता धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो बाग्लुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो । धौलागिरी हिमालको फेद हुदै एउटा फल्ट आएको छ, जसलाई हामी नर्मल फल्ट भनिएको छ । जियोलोजीक अध्ययनहरुले पुष्टि गरिसकेको अवस्थामा सक्रिय फल्ट भएको ठाउँमा भुकम्प धेरै आउछ ।









