हरिकृष्ण गौतम
म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीले आयोजना गरेको विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा प्रकाश माविका अंकित विक प्रथम हुनुभएको छ । मुख्य आयोजनामा खुल्लामञ्चमा आयोजित माघेसङ्क्रान्ति मेला, खाना महोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा द्धितिय बेनी आवासीय माविका अनुष श्रीपाली र तृतिय न्यू वेष्ट प्वाइन्ट आवासीय माविकी अभयस्र्मिता श्रेष्ठ हुनुभएको समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा विजेतालाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद, प्रमाणपत्र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मेलाकी मुल संयोजक एवम् समितिकी अध्यक्ष अम्बिका श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । म्याग्दी जिल्लाका संस्थागत एवम् सामुदायिक विद्यालयका १८ जनाको सहभागिता रहेको प्रतियोगितामा ललितकला क्याम्पसको केन्द्रिय विभागका प्रध्यापक पकबहादुर थापा सहितको टोलीले मुल्याङ्कन गर्नुभएको थियो । प्राध्यापक थापाले विद्यार्थीलाई कार्यशालामार्फत चित्रकलाको महत्व सहित विभिन्न विषयमा जानकारी समेत गराउनुभएको थियो ।

विद्यार्थीको सिर्जनशिलताका लागि आगामी दिनमा समेत नियमित सहयोग गर्ने गरी विभिन्न कार्यक्रमहरुको आयोजना गरिने महिला उद्यम विकास समिति म्याग्दीले जनाएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने नारासहित बुधवारदेखि सुरु भएको माघेसङ्क्रान्ति मेला शनिबार सम्पन्न हुदैछ ।










