---Advertisement---

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको माउण्ट खाजा घर !

On: January 17, 2026 6:24 PM
Follow Us:

हरिकृष्ण गौतम

म्याग्दीको सदरमुकाम बेनीमा बुधवारदेखि ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सवमा माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ११ को होटल म्यानेजमेन्टमा अध्ययनरत सुवास सापकोटाले चिया बनाएर बेच्छन् । मन्दिरा पुन, रिहाना भट्टचन, निता खत्री,सरमन पुन, प्रविण बानियाँ र अमित घर्तीलाई मःम बनाएर बेच्न भ्याइनभ्याई छ । मेलामा स्टल नं ३३ मा नितु पुनले चटपट बनाएर दर्शकलाई बेचिरहेकी छन् । गत बुधबारदेखि सुरु भएको मेलामा उनी हरेक दिन बिहानै पुग्छिन् ।


मेलामा विहानदेखि रातीसम्म चिया, नास्ता, फलफुल बनाएर ग्राहकलाई पुर्याउन हतारिन्छन्। विद्यालयमा होटल म्यानेजमेन्टको प्रयोगात्मक अभ्यास अहिले दर्शकलाई परिकार बेचेर गरिरहेका छन् । म्याग्दीमा पहिलोपटक होटल म्यानेजमेन्ट सञ्चालन गरेको विद्यालयले पढाइसँगै कमाउने सिप हस्तान्तरण गर्ने गरी विद्यार्थीहरुको लागि स्टलको ब्यवस्थापन गरेपछि विद्यार्थीहरूको सक्रियतामा सञ्चालित स्टलबाट भएको आम्दानीबाट उत्साहित छन् ।

मेलामा राखेको स्टलबाट धेरैसँग घुलमिल हुने, सिक्ने अवसर पाएको विद्यार्थी सापकोटाको भनाई छ । उनले विभिन्न परिकार बनाएर बिक्री वितरणसँगै ग्राहकसँग कसरी घुलमिल हुने, ग्राहकको रोजाई लगायत विभिन्न पक्षमा जानकारी लिने अवसर मिलेको बताए ।विद्यालयका प्रिन्सिपल राजु केसीले विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गरेपछि सिधै रोजगारीको अवसर प्रदान गर्न मिल्ने गरी प्रयोगात्मक अभ्यासँगै पहिलोपटक स्टलमा ल्याउँदा धेरै सहज भएको बताए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विद्यार्थीको स्टलमार्फत भइरहेको बिक्रीले समेत ब्यवसायिक सोचलाई सहज बनाएको बताए । उनले अघिल्लो बर्ष म्याग्दी महोत्सवमा म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीले समेत स्टल राखेर बिक्री गरेको बताउँदै ब्यवसायिक सोच भएका विद्यार्थीलाई प्रोत्साहनका लागि सधै तयार रहेको बताए । मेलामा विद्यार्थीले दर्शकको रोजाईमा परेको भन्दै अपेक्षा गरेभन्दा धेरै बिक्री गरेको बताएका छन् । मेला आज शनिबार सम्पन्न हुदैछ ।

Leave a Comment