म्याग्दीको धवलागिरी गाउँपालिका–७, सिवाङ झिनडाँडामा गएराति धारीलो हतियार प्रयोग गरी एक युवतीको हत्या भएको छ । अन्दाजी २० वर्षीया पुनमायाँ विकको धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बेनीअनलाइनलाई बताउनुभयो ।
राती साढे १० बजे घर बाहिर एक्कासी पछाडीबाट प्रहार गरेपछि गम्भीर घाईते अवस्थामा घरभित्र प्रवेश गर्नुभएकी विकको अचेत अवस्थामा प्रादेशिक अस्पताल बेनीमा उपचारको क्रममा विहान २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाको विवरण प्राप्त भएसँगै प्रहरी टोली घटनास्थलमा पुगेको छ । मृतक विकको घटनामा संलग्नको खोजीकार्य भइरहेको छ । मृत घोषित विकको शब पोष्टमाटर्मपछि परिवारको जिम्मा लगाइने छ ।









