म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयले जिल्ला स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी आयोजक र राष्ट्रिय मावि रुमले जितेको छ । आइतबार सम्पन्न ‘प्रथम बिसिएसएस’ कप भलिबल प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिका–२, रुमको राष्ट्रि«य माविले न्यू वेष्ट पोइन्ट आवासीय माविमालाई सोझो तीन सेटले पराजित गदैं उपाधी जितेको हो । प्रतियोगितामा छात्रतर्फ १६ विद्यालयको सहभागिता रहेको थियो । त्यसैगरी छात्रातर्फ आयोजक बेनी सामुदायिक माविले प्रकाश मावि बेनीलाई लगातार तीन सेट जित्दै उपाधी जितेको थियो ।

छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रछात्रा दुबै बिजेता र उपविजेतालाई क्रमश ६० हजार, ४० हजार नगद, ट्र«फी, मेडल र प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रधानध्यापक भिम घर्ती मगरले बताउनुभयो । जिल्लामा हुने हरेक प्रतियोगितामा छात्राभन्दा छात्रको पुरस्कार राशी धेरै हुने भएपनि बेनी सामुदायिकले खेलाडीलाई समान अवसर र समान पुरस्कार दिने संस्कारको सुरुवात गरेको छ ।

प्रतियोगितामा छात्रतर्फ सेटरमा राष्ट्रि«य माविका छकबहादुर पुन, स्पाइकर योजन पुन, प्रशिक्षकमा युगेश पुन, उत्कृष्ट खेलाडीमा भिमबहादुर विक घोषित भएका छन् । त्यसैगरी छात्रातर्फ उत्कृष्ट खेलाडी बेनी सामुदायिककी क्याप्टेन समिक्षा थापा, सेटर बेनी सामुदायिककी अस्मिता पुन,स्पाइकर प्रकाश माविकी प्रिया पुन र प्रशिक्षक प्रविण श्रेष्ठ, उत्कृष्ट हुनुभएको छ ।

बिजेतालाई गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जाली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले वितरण गर्नुभएको थियो। सोही अवसरमा बेनी सामुदायिक माविले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि २० लाखको अक्षय कोष स्थापना गरेको छ । हालसम्म कोषमा ७० हजार संकलन भएको छ । विद्यालयका प्रअ घर्तीले कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहज हुने गरी सहयोग गरिने बताउनुभयो । विद्यालयले शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई समेत सँगसँगै लैजाने गरी जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना








