नेपाली काँग्रेसका बेनी नगर सभापति रविन्द्र कार्कीका अनुसार नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि उपसभापति कर्णबहादुर भण्डारी (केवी)लाई उमेद्वार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले उपसभापति कर्ण बहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टी कार्यालयमा जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रत्यक्षतर्फ जिल्ला सभापति समेत रहनुभएका निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ र उपसभापति भण्डारीको नाम सिफारिस गरेको थियो । काठमाण्डौमा भएको छलफल तथा भेलाबाट म्याग्दी कांग्रेस एकजुट भएर सर्वसम्मतिले उपसभापति भण्डारीलाई उम्मेदवार बनाउने विषयमा सहमति भएको छ ।
नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेकाले सोमबार बेलुकीसम्म टुंगो लगाउने केन्द्रिय सदस्य रेशमबहादु बानियाँले बेनीअनलाइनलाई बताउनुभयो । उपसभापति भण्डारीलाई उम्मेदवार बनाउन सभापति गर्बुजाको समेत सर्मथन रहेको छ । मंगलबार मनोनदय दर्ताको कार्यतालिका रहेकाले पार्टीले धमाधम उम्मेदवारको नाम टुंगो लगाउन थालेका छन् ।








