जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले म्याग्दीको धवलागिरी गाउँपालिकाका एक यूवा सहित तीनजनालाई ठुलो परिमाणमा लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । गएको माघ २ गते इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ स्थित त्रिवेणी चोकमा ग ०१८८ नम्बरको बसबाट दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको हो।
मकवानपुर हेटौडा घर भई हाल पोखरा–२ बस्ने वर्ष २४ की सृजना बल,२५ बर्षिय रितिक परियार र म्याग्दीको धवलागिरी गाउँपालिका घर भई पोखरा बस्ने २१ बर्षिय रोहित घर्ती रहेको प्रहरीले जनाएको छ । तीनैजनाले भारतबाट लिएर म्याग्दी लगायतका क्षेत्रमा बिक्री गर्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।









