---Advertisement---

उकासियो कालीगण्डकी नदी

On: January 19, 2026 11:50 AM
Follow Us:

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत कालीगण्डकी नदीमा नदीजन्य वस्तु थुप्रिँदा तटीय क्षेत्रमा जोखिम बढ्न थालेको छ । 

बर्साैंदेखि ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर ठुलो क्षेत्रफल बगर बनेको छ । जसले गर्दा नदीले उचाइ लिने क्रममा बस्तीको सतहभन्दा उच्च हुने जोखिमका कारण तटीय क्षेत्र आसपासको खेतीयोग्य जमिन मासिन थालेको छ भने बस्ती नै जोखिममा पर्न थाल्दा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

नदीमा पानी कम भएको र फराकिलो बगर भएर बग्दा तल्लो मुस्ताङको तटीय क्षेत्रमा कालीगण्डकी उकासिए पनि उचित व्यवस्थापन हुन सकेको छैन । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको तटीय क्षेत्रमा थुप्रिएको नदीजन्य वस्तुका कारण बर्खाको समयमा उर्लिएर आउने कालीगण्डकीले बस्ती क्षेत्रसमेत कटान गरेको छ । नदी कटानले गर्दा केही बस्ती विस्थापित हुने जोखिम बढ्दै गएको छ । 

जिल्लामा कालीगण्डकी नदीमा थुप्रिएको गेग्य्रानको उत्खनन गरी नदीको गहिराइमा बग्ने वातावरण बनाउन गएको मङ्सिर ४ गते जिल्लास्थित स्थानीय तहका प्रमुखले प्रधानमन्त्री सुशीला कार्कीलाई १० बुँदे ज्ञापनपत्रसमेत बुझाएका थिए । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कालीगण्डकी र सहायक नदीमा थुप्रिएको गेग्य्रानको उचित व्यवस्थापन र तटीय क्षेत्रमा फैलिएको नदी नियन्त्रणका लागि तटबन्ध आवश्यक रहेको बताउनु भयो । 

अध्यक्ष लालचनले भन्नु भयो, “बर्साैंदेखिको माग पूरा भएको छैन । गेग्य्रानले तटीय क्षेत्रमा रहेको बस्तीसँगै खेतीयोग्य जमिन कटान हुँदै गएको छ । नदी नियन्त्रण गर्न अब पनि ढिलाइ भएमा झनै जोखिम बढ्ने देखिन्छ ।” कालीगण्डकी नदीको गहिराइसँगै नदीजन्य वस्तुको बिक्रीबाट समेत राज्यले अर्बाैं रुपियाँ आम्दानी गर्न सकिने अध्यक्ष लालचनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण उपल्लो क्षेत्रबाट आउने बाढीले समेत समस्या हुने गरेको वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले बताउनु भयो । कागखोला र कालीगण्डकी नदीले कागबेनीमा कटानसँगै तटीय क्षेत्रमा समेत असर गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । 

२०८० साउन २८ गते कागखोला थुनिएर आएको बाढीले ठुलो क्षति पु-याएको  थियो । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापव्रmम बढ्दै जाँदा पछिल्लो समय बेमौसमी बाढी आउने घटना बढ्दै गएका छन् । 

मुस्ताङको छुसाङ, कागबेनी, तिरी, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, धम्पु, खन्ती, सौरु, लार्जुङ, कोखेठाँटी क्षेत्रमा गेग्य्रानका कारण बस्ती जोखिममा पर्दै गएका छन् । 

Leave a Comment