---Advertisement---

भलिबल कभर्डहल बनाउन मोना कोरियाले सहयोग जुटाउँदै

On: January 19, 2026 12:24 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि दक्षिण कोरियामा रहेका म्याग्देलीले आर्थिक संकलन अभियान सुरु गरेका छन् । नेपालको राष्ट्रि«य खेल तथा लोकप्रिय खेलको सूचीमा रहेको भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सहयोग सङ्कलन अभियान सुरु गरेपछि कोरियामा ३ लाखभन्दा बढी संकलन भएको अध्यक्ष दिनेश कार्कीले बताउनुभयो ।


‘आर्थिक संकलन अभियान जारी छ, सबै भलिबल प्रेमीलाई यो अभियानमा जोड्दैछौ ।’ अध्यक्ष कार्कीले भन्नुभयो । हालसम्म भलिबल खेलाडी गंगाराज बानियाँ ५० हजार, मिन कार्की ५० हजार, दिनेश कार्की ५० हजार, बिमल बस्नेत ५० हजार, प्रेम भण्डारी २५ हजार, पुरन बानियाँ २० हजार, सन्दिप भण्डारी २० हजार र गणेश बोगटी १५ हजार र रविन खत्री १५ हजार संकलन भएको छ । मोना दक्षिण कोरियाले अभियानलाई विभिन्न सहरमा रहेका नेपाली भलिबलप्रेमीसँग समेत जोड्ने प्रयास गरेको छ ।

राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रि«य तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा गर्ने गरी अभियान सुरू भएको अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । विश्वभर रहेका म्याग्देलीलाई यो अभियानमा जोडिन समेत अध्यक्ष बानियाँले अनुरोध गरेका छन् ।
म्याग्दीमा एउटा कभर्डहल अति आवश्यक थियो, यो तीनबर्ष अगाडीको योजना अहिले सुरुवात भएको छ ।

कभर्डहलका लागि आवश्यक पर्ने बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिने संघका महासचिव कुमार किसानले बताउनुभयो ।

एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ ।कभर्डहल चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Comment