दुई दिन अगाडीसम्म उम्मेदवारी दिन अनेक प्रस्ताप आउँदा अस्वीकार गर्नुभएका महावीर पुन मंगलबार विहान सबैभन्दा पहिला गृहजिल्ला म्याग्दीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभयो । प्रस्तावक रिलबहादुर पुन र सर्मथक चित्रबहादुर पुनलाई लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएका महावीरले करिब आधाघण्टाभन्दा बढी समय लिएर तोकिएको फारम भर्नुभयो ।

मुख्य निर्वाचन कार्यालयमा महाविर पुग्दा राजनीतिक दलका कोही पनि उम्मेदवार पुगेका थिएनन् । नेपालमै पहिलो उम्मेदवारी दर्ता गरेको ठट्यौली पारामा सञ्चारकर्मीलाई बताउँदै गर्दा सञ्चारमाध्यममा महावीर पुनले शिक्षामन्त्रीबाट राजिनामा दिएको समाचार प्रकाशित भइरहेको थियो ।

काठमाण्डौबाट म्याग्दी हिडेपछि मन्त्री पदबाट राजिनामा दिएको पत्र समेत मनोनयनदर्ताको क्रममा इमेलबाट निकालेर तयारी गर्नुभएको थियो । जेनजी आन्दोलनपछि बाध्यताले मन्त्री बनेको बताउने महावीर पुन प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारको कल्पना समेत नगरेका म्याग्देली जनताले एक्कासी उम्मेदवारको रुपमा मैदानमा देखेपछि म्याग्दीमा चुनावी माहोल तात्ने निश्चित छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८,नाँगीका महाविर पुनको उपस्थितीले आफ्नो बलियो पकट भएका क्षेत्रमा समेत राजनीतिक दललाई चुनौति थपिएको छ । म्याग्दीको ग्रामिण क्षेत्रमा बेतारे इन्टरनेटमार्फत आफ्नो पहिचान स्थापित गर्नुभएका महाविरले राष्ट्रि«य आविष्कार केन्द्र तथा विरगंजमा औजार कारखानाको कामसँगै चुनावी अभियानमा समेत होमिनुभएको छ ।

निर्वाचन आचारसंहिता लागू भएसँगै आफूले अन्तिम चरणमा पु¥याएको शिक्षा नियमावलीको दशौँ संशोधन अघि बढाउन नसकिएको र निर्वाचनमा सहभागी हुन मन्त्री पदबाट राजीनामा दिनुपर्ने बाध्यताका कारण सोमबार राति अचानक निर्णय गरेर राजीनामा दिएको मन्त्री पुनको भनाई छ । जनता र देशका लागि केही गर्न पहिले आफू सही ठाउँमा पुग्नु अनुभवका कारण चुनावी मैदानमा देखिएको बताउँदै नेपालको कर्मचारीतन्त्रबाट वाक्क भएको बताउनुभयो ।

मन्त्री पदमा रहेर निर्वाचनमा जान नमिल्ने भएकाले राजीनामा दिएर काठमाडौंबाट सिधै म्याग्दी आएर उम्मेदवारी दर्ता गरेपछि पश्चिम म्याग्दीतर्फ चुनावी अभियानमा निस्किनुभएको छ । मन्त्री पुनलाई विभिन्न राजनीतिक दलले पार्टीमा आवद्ध हुन प्रस्ताव गरे पनि स्वतन्त्र रूपमा निर्वाचन लड्ने निर्णय गरेकाले अब पनि यो निर्वाचनसम्म कुनै प्रस्ताव नगर्न अनुरोध गरेका छन् । निर्वाचन जितेपछि जनताको चाहना अनुसार योजना बनाएर म्याग्दीका विभिन्न क्षेत्रको विकासमा अघि बढ्ने पुनको भनाई छ ।









