---Advertisement---

प्रेम विवाहमा खटपट भएपछि पुनमायाँको हत्या

On: January 21, 2026 11:04 AM
Follow Us:

हरिकृष्ण गौतम

म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिवाङ झिनडाँडाकी पुनमायाँ विकको प्रेममा खटपट र सम्बन्धमा अविश्वासका कारण हत्या भएको खुलेको छ । ३ बर्ष अगाडी प्रेम विवाह गरेकी विक र श्रीमान रमेश कामीको सम्बन्धका कारण माघ ३ गते राती ११ बजे घटना घटेको अनुसन्धानबाट खुलेको छ । दुबै बिच केही बिषयमा बिवाद बढे पछि पुनमायाँले बेवास्ता गरी माइतीमा बसेकी थिइन् ।

सन्की स्वभावका कारण दैनिकजसो पिटाइ खानुपरेपछि परिवारका सदस्यको साहरामा गएकी पुनमायाँलाई हत्याको योजना बनाएर घरसम्म पुगेका रमेशले हत्या गरी राती नै पोखरा भागेको सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो । घरमाथि बसेर पुनमायाँको हत्याको योजना बनाएको भेटिएको छ ।


घरबाहिर शौचालय गएको मौका छोपी हत्या गरी भागेका रमेशलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले गण्डकी प्रदेश कार्यालयबाट समन्वय गरी प्रहरी चौकी बैदानमबाट खटिएको टोलीले पोखरा महानगरपालिका ७ ठूलोखोला घर भई सृजनाचोक बस्ने रमेशलाई माघ ४ गते राती ९ बजे पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।

‘घटनाको क्रममा लगाएको लुगासहित फेला पारेका छौ, अभियुक्तले घटनामा संलग्न रहेको स्वीकार गरेका छन्’ प्रनाउ थापाले भन्नुभयो । हत्यामा संलग्न अभियुक्तलाई जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरी कर्तब्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको छ ।

Leave a Comment