म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले आर्थिक संकलन अभियान सुरु गरेको छ । नेपालको राष्ट्रिय खेल तथा लोकप्रिय खेलको सूचीमा रहेको भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सहयोग सङ्कलन अभियानमा कतारले २ लाखभन्दा बढी आर्थिक जुटाएर अभियानमा सहयोग गरेको छ ।

मोना कतारका अध्यक्ष बाबुराम भण्डारीका अनुसार संस्थापक अध्यक्ष प्रेम रसाईलीबाट ५५ हजार ५५५, पूर्व अध्यक्ष एवम् मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नरेन्द्र फगामी ५५ हजार ५५५, अध्यक्ष मोना कतारका सल्लाहकार लिला चोखाल २५ हजार र राम बानियाँ २५ हजार सहयोग गर्नुभएको महासचिव शिव खड्काले बताउनुभयो । मोना कतारले विभिन्न सामाजिक कामसँगै खेलकुदलाई समेत प्राथमिकता दिने गरेको छ । मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले कतारमा रहेका म्याग्देली तथा भलिबल प्रेमीलाई यो अभियानमा जोडिन अपिल समेत गर्नुभएको छ । म्याग्दीमा बन्ने कर्भडहलले भलिबल खेलमार्फत पर्यटन प्रर्बधनमा समेत सघाउने भएकाले विश्वभर रहेका म्याग्देलीलाई समेत यो अभियान अवसर भएको बताउनुभयो ।
राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रि«य तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा गर्ने गरी अभियान सुरू भएको अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । विश्वभर रहेका म्याग्देलीलाई यो अभियानमा जोडिन समेत अध्यक्ष बानियाँले अनुरोध गरेका छन् ।म्याग्दीमा एउटा कभर्डहल अति आवश्यक थियो, यो तीनबर्ष अगाडीको योजना अहिले सुरुवात भएको छ ।
कभर्डहलका लागि आवश्यक पर्ने बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिने संघका महासचिव कुमार किसानले बताउनुभयो । एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ ।कभर्डहल चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।















